जनसम्पर्क समितीले अस्ट्रेलियाले गर्यो सिड्नीमा नयाँ वर्षको शुभकामना आदानप्रदान


काठमाडौं । नेपाली कांग्रेस जनसम्पर्क समिती अस्ट्रेलियाले नेपाली नयाँँ बर्षको उपलक्ष्य पारेर शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।

सात समुन्द्रपारि विदेशी भूमिमा पनि नेपाली चाडबाड मनाउन पाउनु प्रवासी नेपालीहरूको लागि अहोभाग्य भएको नेपाली नयाँ वर्षको उपलक्ष्यमा सिड्नीमा आयोजित कार्यक्रममा वक्ताहरूले बताएका छन्।

जनसम्पर्क समिति अस्ट्रेलियाले नेपाली नयाँ वर्षको उपलक्ष्य पारेर आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै चितवन कांग्रेसका नेता विकास कोइरालाले विदेशी भूमिमा नेपालीमन र नेपालीपनको स्वाद आनन्दित हुने बताए।

‘हाम्रा चाडपर्व र कला साहित्यहरू विदेशी भूमिमा पनि जर्गेना गरिराख्नु आफैंमा महत्वपूर्ण विषय हो,’ उनले भने।

सिड्नीको नेपालीहरूको बाक्लो बस्ती रहेको ग्रानभिलमा आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ कानुनविद् शम्सेरसिंह थापाले चाडपर्वले नेपालीहरूलाई आपसमा जोड्ने र मुलुकको सम्झना ताजा गराउने काम गर्दै आएको बताए।

थापाले मुलुक छाडेर विदेशमा गएपछि विचार र समाजमा विभक्त नभई सिंगो समाजको प्रतिनिधित्व गर्ने नेपाली बन्नुपर्ने आजको आवश्यकता रहेको बताए।

कार्यक्रममा एनआरएन अस्ट्रेलियाका संस्थापक अध्यक्ष मन केसीले नयाँ वर्ष सबै नेपालीलाई एकतामा जोड्ने अभियानको थालनी भएकोमा खुसी प्रकट गरे।

जनसम्पर्क समिति अस्ट्रेलियाका अध्यक्ष सुरेश गुरूङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक अभियन्ता प्रेम सापकोटाले विदेशी भूमिमा बसेर नेपाली नयाँ वर्ष मनाउँदै गर्दा मुलुकको समृद्धिका विषयमा पनि सोच्नुपर्ने बेला आएको बताए। अब दोहोरो नागरिकताले मुलुकमा लगानीको बाटो खोलिदिएको सन्दर्भमा केही नभए पनि आफ्नो गाउँ, ठाउँमा गच्छे अनुरूपका लगानी गर्नुपर्ने बेला आएको सापकोटाले बताए।

नारी निकुन्ज अस्ट्रेलियाकी अध्यक्ष संगीता चापागाईंले नयाँ वर्षले सबै नेपाली मनहरूको इच्छा र चाहना पूरा होस् भन्दै विक्रम सम्बत हाम्रो एउटा महत्वपूर्ण पर्वको रूपमा रहेको र यसको महत्व नयाँ पुस्तालाई पनि सिकाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताइन्।

कार्यक्रममा बोल्दै जनसम्पर्क समिति अस्ट्रेलियाका संस्थापक दिनेश जोशीले बिपीको सम्झना गर्दै भने, ‘त्यति बेला नै भूगोल मात्र नेपाल होइन भन्ने कथनले हामी मौकाको खोजीमा विदेशिएका नेपाली पनि भूगोल बाहिरका नेपाली हौं भन्ने मान्यता स्थापित गरेको छ।’

कार्यक्रममा ओएनएफका अन्तर्राष्ट्रिय सदस्य शिशिर नेपाल, प्रवासी नेपाली एकता मन्चका अध्यक्ष अच्युत थपलिया लगायतले अस्ट्रेलियामा नेपाली समाजको एकता आफैंमा उदाहरणीय रहेको जिकिर गर्दै नयाँ वर्षको शुभकामना प्रदान गरेका थिए।

कार्यक्रममा जनसम्पर्क समितीका उपाध्यक्ष राजेश केसीको , एनआरएनकी पुर्व प्रवक्ता रन्जु वाग्ले , अस्ट्रेलियन नेपाली तराइ संघका अध्यक्ष रन्जित शाह , बार्डिया नेपाली समाजका अध्यक्ष रन्जित राज वन्त ,एनएडीएफका अध्यक्ष भिष्म भण्डारी, एनआरएन अभियन्ता अरुण ठाकुर, एनआरएनका पुर्व अध्यक्षहरु गणेश केसी,सुरेन्द्र सिग्देल,एनआरएनका एनएसडब्लु संयोजक बिनोद कुवर,सुदुर पश्चिम समाजका मोहन भट्ट लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

Nabintech