श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले उपसभामुख अब आफ्नो नरहेको बताएका छन।
सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै उनले उपसभामुख पार्टीबाट निर्वाचित भए पनि हाल उनी पार्टीको सदस्य नरहेको बताएका हुन् । उनले लेखेका छन्, ‘उपसभामुख हाम्रो पार्टीबाट बेसक जानु भएको हो तर उहाँ हाम्रो पार्टीको सदस्य रहनु भएन अब ।
अध्यक्ष राईले अब उपसभामुखमाथि पार्टीको कुनै निर्देशन वा ह्वीप लागू नहुने पनि स्पष्ट पारेका छन् । उनले यस विषयमा आफूले पहिले नै खेद प्रकट गरिसकेको उल्लेख गर्दै उनी सग सम्बन्ध बिच्छेद भएको आशय ब्यक्त गरेका छ्न।









