गृहमन्त्रीको राजीनामा माग्दै नेविसंघले गरेको प्रदर्शनमा प्रहरीको हस्तक्षेप


काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको विद्यार्थी संगठन (नेवि) संघले गृहमन्त्रीको राजीनामा माग्दै गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको छ ।
बिहिबार राजधानीस्थित शंकर देव क्याम्पसका स्ववियू सभापति शुसान्त बस्नेतको नेतृत्वमा राँके जुलुस निकाल्दै नेविसंघका कार्यकर्ताहरूले गृहमन्त्रीको राजीनामा मागेका हुन् ।

उनीहरूले गृहमन्त्री लामिछाने सहकारी ठगी र अर्थमन्त्री पुन सुन तस्करीमा संलग्न रहेको भन्दै तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् । प्रर्दशनकारीले मिटरव्याजी पिडितलाई न्याय दिनुपर्ने, सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने विरुद्ध निष्पक्ष छानविन गर्नुपर्ने, सरकारको विभिन्न तहमा रहेका व्यक्तिमाथि लागेका आरोपमा मुछिएका व्यक्तिमाथि निष्पक्ष छानविन हुनुपर्ने माग गरेका छन् ।


प्रदर्शनमा नेविसंघ केन्द्रीय सदस्य मनिष जंग थापा, नविन पौडेल, शंकरदेव स्ववियू उपसभापति प्रेम माझी, स्ववियू सचिव मदन राज उपाध्याय, सहसचिव भुवन ओझा लगायतका विद्यार्थी नेताहरु घाइते भएका छन् ।

 

Nabintech