सेनामा जन्ममिती विवाद : ताराध्वज पाण्डेलाई राजीनामा, सिग्देललाई बढुवा ?


काठमाडौं । जन्ममिति विवादमा मुछिएका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गर्न नेपाली सेनाको सैनिक मुख्यालयले रक्षा मन्त्रालयमा सिफारिस गरेको छ ।

तर यसअघि जन्ममिति विवादमा कैफियत देखिएपछि उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका थिए । एकै प्रकृतिको घट्नामा सैनिक मुख्यालयले छानविन समिति नै नबनाइ रक्षा मन्त्रालयमा सिफारिस गरेपछि जंगीअड्डामाथि पनि प्रश्न उठेको छ ।
उपरथी सिग्देललाई जंगीअड्डाले प्रधानसेनापतिको रोलक्रममा राख्ने गरी रथी बढुवाको सिफारिस गर्न सूचना प्रकाशित गरेको समाचार प्रकाशन गरेको छ । तर उपरथि पाण्डेको जस्तै उनको शैक्षिक प्रमाण पत्र र नागरिकतामा फरकफरक जन्ममिति भेटिएको छ ।

“शैक्षिक प्रमाणपत्रमा सिग्देलको जन्ममिति १९ माघ २०२१ छ । तर, नागरिकतामा १९ माघ २०२३ राखेर रथिमा बढुवाका लागि सिफारिस भएका छन् । सैनिक मुख्यालयले उमेर विवादलाई ‘आँखा चिम्लिएर’ उनलाई रथी बढुवाका लागि सिफारिस गर्नु ‘रहस्यमय’ भएको अधिकृतहरु बताउँछन् । अझ गम्भीर प्रश्न चाहिँ सैनिक नेतृत्वले सिग्देलको जन्ममिति विवाद सतहमा आए पनि उनलाई भावी सेना प्रमुखको रोलक्रममा राख्ने गरी किन बढुवा सिफारिस सम्बन्धी सूचना निकाल्यो भन्ने पनि रहेको जानकारहरु बताउँछन् । सिग्देलको जन्ममिती कैफियतको रक्षा मन्त्रालय, अख्यिार र संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा पनि उजुरी परेको छ ।

यसअघि भावी प्रधानसेनापतिको रोलक्रममा रहेका नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले जन्ममिति विवादका कारण गत कात्तिक २३ गते राजीनामा दिएका थिए ।

Nabintech