कांग्रेस बलियो भए मात्रै,व्यवस्था बलियो रहन्छ : सहमहामन्त्री राठौर


कपिलवस्तु  । नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले ५ बर्ष स्थाई सरकार दिने प्रतिबद्धताका साथ गठबन्धन निर्वाचनमा गएकाले गठबन्धनलाई टिकाईराख्नु काँग्रेसको नैतिक जिम्मेवारी भएको बताए ।

नेपाल प्रेस युनियन कपिलवस्तु शाखाले तौलिहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सहमहामन्त्री राठौरले दल र नेतृत्वले अब देशलाई केन्द्रबिन्दुमा राखेर निर्णय लिनु पर्ने बताए ।

अहिले गठबन्धन तल माथी हुने परिस्थती नरहेको स्पष्ट पार्दै तिनै तहका सरकारले नागरिकलाई आवश्यक सेवा प्रवाह गर्न गम्भिर हुनु पर्ने उनले सुझाव दिए । उनले नेपाली काँग्रेस पार्टी मजबुद रहे मात्रै देश, व्यवस्था रहने र देशमा बिकास आउने बताएका छन । काँग्रेस रहे देश र व्यवस्था सुनिश्चित रहेको उनको भनाई थियो ।

पार्टीलाई एकठिक्का बनाएर अगाडी बढाउन आफु जिल्ला जिल्लामा आएको उनको स्पष्टोक्ति थियो । दण्ड र पुरस्कार दिने व्यवस्था कार्यान्वयनमा ल्याएर शुसासनलाई सुनिश्चितता गरिनु पर्ने अहिलेको आवश्यकता रहेको उनले दर्शाए ।

रास्वपा सहितका दलले मध्यावधि निर्वाचनको बिषयमा चर्चा चलाएको सन्दर्भमा बोल्दै सहमहामन्त्री राठौरले मध्यावधी गरे छिट्टै सरकारमा जान सहिने आकलनको ईच्छा चाहना गरेका भए देश कसैको ईच्छा चाहनाले नभई सिस्टमले चल्ने बताए ।

२०५२ सालमा काँग्रेसले अरुण तेस्रो बनाउन खोज्दा कम्युनिष्टले राष्ट्रिय मुद्दा बनाएर अवरोध गरेको स्मरण गराउदै बल्ल कम्युनिष्टहरु बिकास गर्नु पर्छ भन्ने लाईनमा आएको उनले बताए ।

प्रेस युनियनका जिल्ला अध्यक्ष खग प्रसाद चापागाईको अध्यक्षता र रमेश मिश्राको सञ्चालनमा भएको पत्रकार सम्मेलनमा पार्टी लुम्बिनी प्रदेश सदस्य बिक्रम सिंह थापा, महासमिती सदस्य तेज बहादुर सिंह रायमाझी, महाधिवेशन प्रतिनिधी योगेन्द्र केसी, आशिष शर्मा, रावेन्द्र प्रताप सिंह, दिनेश हमाल, गोपी कृष्ण शर्मा, नगर सभापति खुर्सेद अहमद खाँ लगायत जिल्लाका सञ्चारकर्मीको सहभागीता रहेको थियो ।

Nabintech