देशको अर्थतन्त्रलाई माथि उकास्नका लागि महिलालाई उद्मशीलतासंग जोड्नुपर्छ : मन्त्री चित्रकार

‘सृजनशील महिला उद्यमी मेला २०८०’ सुरु



काठमाडौं । ‘२० औं डाबर बाटिका तीज फेष्टिबल सृजनशील महिला उद्यमी मेला २०८०’ सूरु भएको छ ।

काठमाडौंको दरवारमार्ग स्थित होटेल अन्ननपूर्णको प्रागंनमा सुरु भएको मेलाको वाग्गमती प्रदेशका उद्योग,वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार र माइती नेपालका अध्यक्ष अनुराधा कोएरालले संसंयक्त रुपमा मेलाको उद्घाटन गर्नुभएको छ ।
महिला सृजनशील केन्द्रले महिला उद्यमीहरुले उत्पादन गरेका सामानहरुको बजारीकरणका लागि सहयोग गर्ने उद्देश्यका साथ मेला आयोजना गरीएको महिला सृजनशील केन्द्रका अध्यक्ष मिलु थापाले जानकारी दिनुभयो । महिला उद्यमीहरुले उत्पादन गरेका घरेलु बस्तुहरुको प्रवद्र्धन गरी उनीहरुलाई वित्तिय पहुँच बढाउन पनि मेला उपयोगी हुने थापाले विश्वास व्यक्त गर्नुभयो ।

सृजनशील महिलाको एउटै नारा, उद्यम गरौ, बनौ आत्मनिभर भन्ने अभियानका साथ सञ्चालन गरिएको मेलामा महिला उद्यमीले उत्पादन गरेका घरेलु बस्तुहरुको बिक्री वितरण गरिनेछ ।
वाग्गमती प्रदेशका उद्योग,वाणिज्य, भूमि तथा प्रशासन मन्त्री चित्रकारले तिज संस्कृतिलाई उद्यमसंग जोड्नु राम्रो भएको बताउनुभयो । तिजलाई खाने लाउने पर्व मात्रै नभएर तिजलाई आत्मर्निभर महिला बनाउनका लागि उदमशिल महिला बनाउनुपर्ने कुरामा जोड दिनुभयो । देशको अर्थतन्त्रलाई माथि उकात्कानका लागि महिलालाई उद्मशीलतासंग जोडनुपर्ने बताउनुभयो ।


यस्तै कार्यक्रमा माइति नेपालका अध्यक्ष कोइरालाले महिला दिदिबहिनीले सञ्चालन गरेका उद्योगबाट गुणस्तरीय बस्तु उत्पादन गरेको पाइएकाले विदेशी बस्तु भन्दा स्वदेशमै उत्पादन भएका बस्तुहरुको उपयोग गर्न सबैलाई आग्रह गर्नुभयो । कोइराललाले महिला दिदीबहिनीहरुले संचालन गरेका उद्यममा उत्पादित सामानहरु गुणस्तरीय भएकाले त्यसले बाह्य मुलुकमा पनि सोचे अनुसार नै बजार पाउने र त्यसका लागि आवश्यक विज्ञापन भने गर्नुपर्ने आवश्यक्ता रहेको औंल्याउनुभयो ।


मेलामा नेपालमै उत्पादन गरिएका सारी, कुर्ता, सुरुवाल, चुरा, जुत्ता, चप्पल, झोला, खाद्य सामाग्री, गरगहना लगायतका सामाग्री प्रर्दशनमा रादखएको छ । ३ दिनसम्म चल्ने मेलामा करिव १० हजारले अवलोकन गर्ने अपेक्षा गरिएको मेला व्यवस्थापनको जिम्मेवारी लिएको राईजिङ नेपाल प्रालिका प्रबन्ध निर्देशक पशुपति केसीले बताउनुभयो । प्रदर्शनीमा करिव ४० भन्दा बढी स्टल राखिएको छ ।

Nabintech