प्रधानमन्त्रीको प्रष्टीकरण : भावुक छु, म प्रधानमन्त्री नभएर ज्ञानुको बुवा भएर बोल्न पुगेँ !


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय व्यापारी दिल्ली गएको भन्ने अभिव्यक्ति दिएकोप्रति आत्मालोचना गरेका छन् । सोमवार संसद्मा स्पष्टीकरण दिँदै त्यो कुरा नबोलेको भए हुने बताएका हुन् ।

प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले असार १८ गते आफुले बोलेको विषय भावनात्मक भएको बताएका छन् । उनले सोमबार प्रतिनिधिसभामा स्पष्टीकरण दिँदै आफूले त्यस दिन नबोलेको भएपनि हुने तर उक्त अभिव्यक्ति प्रधानमन्त्रीको हैसियतमा नभएर छोरी  ज्ञानुको बुबाको हैसियतमा बोलेको बताए ।

‘प्रधानमन्त्रीको हैसियतले मैले त्यो भाषा नबोल्नुपर्थ्यो । तर त्यो दिन म प्रधानमन्त्री भएर बोलिनँ’, प्रचण्डले भने, ‘म ज्ञानुको बुवा भएर बोल्न पुगेँ । र त्यो सेन्टिमेन्ट सम्झँन पुगे । प्रितम सिंहको सदासयताका निम्ती धन्यवाद दिन पुगेँ । त्यति त हो कुरा ।’

प्रधानमन्त्री प्रचण्डले आफ्नो यति बोलीले आफूले हिजो राष्ट्रको पक्षमा गरेको योगदान वा अखण्डता तथा स्वाधिनताका लागि गरेको योगदान काटियो ? भन्दै प्रश्न गरे । ‘एउटै भावनात्मक अभिव्यक्तिले सिद्धियो त ?’, उनले प्रश्न गरे ।

 

Nabintech