• २१ बैशाख २०८१, शुक्रबार
एमालेलाई प्रधानमन्त्रीको प्रश्न– मलाई किन स्पष्टीकरणको मौका दिइएन ?


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्तिबारे प्रश्न उठेपछि आफूले स्पष्टीकरण दिन खोजे पनि नपाएको बताएका छन् ।

प्रधानमन्त्री  प्रचण्डले आफुले स्पष्टीकरण दिन्छु भन्दाभन्दै राजीनामा भन्नुको अर्थ के हो भनी प्रश्न गरेका छन् ?

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो प्रश्न गरेका हुन् ।

सोमबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो अभिव्यक्तिमा प्रश्न उठेपछि प्रस्ट पार्न खोजेपनि सदन अवरुद्ध गरेर मौका नदिएको बताए । ‘गम्भीर प्रश्न उठेपछि मैले पहिला बोल्ने अवसर माग गरको थिएँ । म त सुरु देखि स्पस्ट पार्न तयार भएको थिएँ , तर किन संसद अवरुद्ध गर्नुभयो ?’, प्रचण्डले भने,  ‘स्पष्टीकरणको मौका पनि नदिई राजीनामा माग्ने ? के त्यही हो ? संसदीय अभ्यास ?’ उनले आफ्नो अभिव्यक्तिबारे जे हो त्यही भन्न रोष्टममा खडा भएको बताए ।

Nabintech