• २१ बैशाख २०८१, शुक्रबार
संसदमा सम्बोधन गरेर प्रचण्डले अभिव्यक्ति सच्चाउने, अवरोध हटाउन एमाले तयार


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह पटक पटक दिल्ली धाएको’ भन्ने अभिव्यक्ति सच्चाउने सहमति भएपछि एमालेले संसद् अवरोध हटाउने भएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमवार दिउँसो प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको छलफलपछि संसद् सुचारू गर्न एमाले राजी भएको हो । प्रचण्डको अभिव्यक्तिको विरोध गर्दै एमालेले असार २० देखि संसद अवरोध गर्दै आएको छ । प्रधानमन्त्रीको राजीनामालाई बटमलाइन बनाएको एमाले पछि हटेपछि संसद सुचारु हुन लागेको हो ।

Nabintech