राष्ट्रिय सभामा एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)द्वारा राष्ट्रिय सभाको बैठक अबरुद्ध गरेको छ ।

राष्ट्रिय सभाको आजको बैठक शुरु हुने बित्तिकै सभाध्यक्षसँग समय मागेर बोल्दै नेकपा(एमाले) राष्ट्रिय सभा दलका नेता देबेन्द्र दाहालले भारतीय नागरिक प्रितम सिंहको जन्म दिनको अवसरका उनकी छोरीद्वारा लिखित पुस्तकको विमोचन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले दिएको अभिव्यक्तीले अहिले सबै नेपालीमा कौतुहलता देखिएको बताए ।

नेपालको प्रधानमन्त्री नेपालको सार्वभौम संसदले बनाउँछ कि दिल्लीले ? भनी प्रश्न गर्दै प्रधानमन्त्रीको भनाईले गर्दा अहिले सबै नेपालीको सिर निहुरिएको बताए । उनले सो कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले मलाई प्रधानमन्त्री बनाउन सिंह धेरैचोटी दिल्ली धाउनु भएको र नेपालमा पनि राजनीतिक वातावरण मिलाउनु भएको भनी अभिव्यक्ती दिनुलाई नेकपा(एमाले)ले गम्भिररुपमा लिएको बताएका थिए ।

उनले प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नु पर्ने बताउँदै प्रधानमन्त्रीको राजीनामा नआएसम्म बैठक चल्न नसक्ने बताए ।
सांसद दाहालले बोलिसके पछि एमालेका सांसदहरुले उभिएर विरोध जनाए पछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक आजै ३ बजे १ मिनेटमा बस्ने गरि स्थगित गरेका थिए ।

Nabintech