जिल्ला र नगरका क्षेत्रका उद्योगी व्यापारीको समस्या समाधानका लागि मेरो उम्मेदवारी-लक्ष्मणराज पौडेल


काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघको यही चैत २९ गते हुने निर्वाचनमा  जिल्ला नगर तर्फका केन्दीय सदस्यका उम्मेदवार लक्ष्मणराज पौडेलले जिल्ला तथा नगरका समस्या केन्द्रमा सुनुवाइका लागि पनि आफ्नो उम्मेदवारी भएको बताउनुभएको छ ।

कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहनुभएका पौडेलले कोभिडपछिको आर्थिक मन्दीले गर्दा  प्रत्यक्ष रुपमा साना तथा मझौला व्यवसायीलाई प्रभाव परेकाले उहाँको समस्या आफुले नीतिगत रुपमै उठाउने बताउनुभयो ।

पौडेलले कुनै पनि कम्पनी दर्ताका लागि संघले दिने सिफारिस देखि आम्दानी सुनिश्चितताका साथै उत्पत्तिको प्रमाणपत्रको पैसा जिल्लाहरुले नपाउने समस्याका विषयमा आवाज उठाउने प्रतिबद्धता जनाउनुभयो ।

पौडेलले महासंघले ठूला व्यवसायीको विषयमा वकालत गर्दै आएकाले अव जिल्ला तथा नगर क्षेत्रका साना तथा आम व्यवसायीको विषयमा पनि मुद्दा उठान गर्न पहल गर्ने बताउनुभयो ।

जिल्ला नगरका समस्या ठूला उद्योगी व्यवसायीका लागि सानो हुने गरेको भन्दै पौडेलले यस्तो अवस्थाको अन्त्य गरिनुपर्नेमा जोड दिनुभयो । “ठुला व्यवसायीलाई सानो समस्याले खासै असर नगरे पनि साना तथा मझौला उद्यमीका लागि यस्ता समस्या ठूला हुन्छन् भन्ने कुरालाई बुझिदिनु पर्छ,” पौडेलको भन्न्भयो ।

देशैभर सञ्जाल रहेको उद्योग वाणिज्य महासंघले एक स्थानको उत्पादन सहज रुपमा अर्को स्थानका बिक्री गर्ने वातावरणको विकास मात्र गर्न सक्ने हो भने ठूलो काम हुने बताउनुभएका उहाँले आफुले त्यसका लागि तिब्र लबिङ गर्ने बताउनुभयो ।

सांगठनिक रुपमा पनि ७७ जिल्लामा महासंघको शाखा भएकाले महासंघबाट सञ्चालन हुने एक गाँउ एक उत्पादन, एक चेम्बर एक उत्पादन, कृषिसम्बन्धि लगायतका कार्यक्रमलाई फेरी जिल्ला तथा नगरमा लिनका लागि आफु्ले पहल गर्ने बताउनुभयो ।

 

Nabintech