• १२ श्रावण २०८१, शनिबार
दुर्गा प्रसाईंसँग पैसा माग्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रेष्ठ निलम्बित


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको छ ।

सो पार्टीले श्रेष्ठलाई सांसद तथा पार्टीको पदमा रहेर कुनै पनि काम काज नगर्ने गरी कारबाही गरेको हो । रास्वापाबाट समानुपातिक सांसद रहेका श्रेष्ठले दुर्गा प्रसाईंसँग आर्थिक लेनदेन गरेको अडियो बाहिर आएको थियो ।  उनलाई तत्कालका लागि निलम्बन गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले बताए ।

पदाधिकारी बैठकले पार्टीको साधारण सदस्य समेत नरहने गरी श्रेष्ठलाई कारबाही गरेको प्रवक्ता ढकालले जानकारी दिए । सांसद श्रेष्ठको विषयमा छानबिन गर्ने अधिकार अनुशासन समितिलाई पनि दिइएको उनले बताए । ‘पार्टी पदाधिकारी बैठकले श्रेष्ठ सांसद पदमा रहने कि नरहने भन्ने विषयमा अध्ययन गरी सात दिनभित्र पार्टीलाई प्रतिवेदन बुझाउन समितिलाई भनेको छ ।

सो प्रतिवेदन आएपछि थप काराबाही अगाडि बढाउने छ’ प्रवक्ता ढकालले भने ।  अहिले तत्काल सांसद ढकाललाई पार्टीको पदमा रहेर कुनै पनि काम कारबाही नगर्न निर्देशन दिइएको उनले बताए ।

Nabintech