• १३ बैशाख २०८१, बिहीबार
प्रधानमन्त्रीको निर्णय बाहिर गएर विवादित बन्दिनँ- रामचन्द्र पौडेल


काठमाडौं । आठ दलीय गठबन्धनको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेको रामचन्द्र पौडेलले आफू विवादित भएर कुनै काम नगर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

गठबन्धन दलको सांसदलाई प्रशिक्षण कार्यक्रमलाई बोल्दै उनले प्रधानमन्त्रीले गरेको निर्णयभन्दा बाहिर गएर आफूले कुनै निर्णय नगर्ने उद्घोष गरे ।

सांसदहरुलाई आश्वस्त पार्दै पौडेलले भने, ‘म तडकभडकसहित जान्नँ । प्रधानमन्त्री नै राष्ट्रपतिको प्रमुख सल्लाहकार हो । प्रधानमन्त्रीले गरेको निर्णयभन्दा बाहिर गएर काम गर्ने मेरो कुनै इच्छा हुँदैन । म आफू विवादित भएर काम गर्न चाहन्नँ ।’

Nabintech