नेविसंघको निशुल्क स्वास्थ्य शिविरमा ३ सय जनाले स्वास्थ्य परिक्षण गराए


काठमाडौं । नेपाल विद्यार्थी संघ स्ववयिु प्रचार प्रसार समितिको आयोजनामा निशुल्क बृहत स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।

निजि तथा सरकारी विद्यालयका विद्यार्थी र शिक्षकहरुलाई लक्षित गरि वाल्मिकी क्याम्पस प्रर्दशनीमार्गमा सोमबार शिविर सञ्चालन गरीएको हो ।

आसन्न चैत ५ गते ह्न गइरहेको स्ववियु निर्वाचनलाई लक्षित गरेर नेविसंघले विभिन्न रचनातमक क्रियाकलाप गरीरहेको छ ।

बाल्मिकी क्यापसको प्रांगनमा भएको स्वास्थ्य शिबिरबाट काठमाडौंका विभिन्न निजी तथा सरकारी क्यापसका करिव ३ सय बढीले विद्यार्थी र शिक्षकहरुले स्वास्थ्य परिक्षण गरी लाभ उठाएका छ।

विद्याथीरुहलाई लक्षित गरि नेविसंघले आगामि दिनहरमा विभिन्न अन्य रचनात्मक क्रियाकलाप सञ्चालन गर्ने नेविसंघका केन्दिीय सभापति डुजाङ शेर्पाले बताउनुभयो ।

स्वास्थ्य शिबिरमा स्वास्थ्य परिक्षण, दत्त परिक्षण, स्गर परिक्षण तथा विभिन्न रोगका उपचारको लागि स्वास्थ्य सेवा प्रदान गरीएको छ ।

विद्यार्थीको स्वास्थ परीक्षणका लागी डा. सन्तोष उपाध्याय डा. सागर काफ्ले, डा. आशिष पाण्डे लगायतको चिकित्सको समूहले सेवा दिएको थियो ।

क्याम्पसमा निशुल्क स्वास्थ्य परिक्षणको आयोजना हुँदा विद्यार्थी र शिक्षकहरु खुसी छन् भने सेवा गर्न पाउँदा आयोजक पनि खुसी देखिएका छन् ।

 

 

 

Nabintech