• १३ बैशाख २०८१, बिहीबार
कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्ने महामन्त्री शर्माको दावी


सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्ने ठोकुवा गरेका छन् ।

आइतबार बिहान सुर्खेत पार्टी कार्यालयमा बोल्दै  शर्माले पार्टीकै कमजोरीको कारण कांग्रेस सत्ता बाहिर पुगेको बताए ।

समाजका सबै मान्छेहरूमा असन्तुष्टि बढिरहेको वर्तमान सत्ता समीकरण धेरै नटिक्ने दाबी गरे । वर्तमान गठबन्धन एम्बुस‌ थापेर बनेकोशर्माकोटिप्पणी थियो । चुनावअघिको गठबन्धन कुनै एम्बुस थापेर नभई समयको आवश्यकताले बनेको उनको जिकिर थियो ।

कार्यक्रममा उनले  नेपाल देशलाई चिन्नका लागि कर्णाली बुझ्नुपर्ने बताए । कर्णालीलाई समृद्ध नबनाई नेपालको समृद्धि हुन नसक्ने उनको भनाइ थियो । नेपाल देश चिन्नका लागि कर्णाली पैदल हिँड्नुपर्ने उनले बताए ।

२०६४ मा कर्णालीका धेरै जिल्लाहरू आफू पैदल हिँडेर यात्रा गरेको बताउँदै उनले कर्णाली आफ्नै खुट्टामा उभिन सके मात्र समुन्नत देश निर्माण हुने बताए ।

Nabintech