• १४ बैशाख २०८१, शुक्रबार
नेपाली खानालाई अष्ट्रेलियामा प्रचारप्रसार गर्न फुड फेस्टिबल आयोजना हुदै


काठमाडौं । नेपाली मौलिक खानालाई अष्ट्रेलियामा प्रचारप्रसार गर्न र पर्यटन प्रवरद्धन गर्ने उद्देश्यले अष्ट्रेलियामा फुड फेस्टिबल आयोजना गरीने भएको छ ।
बिहिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी अष्ट्रेलियामा रहेको अष्ट्रेलियन प्यासिफक इन्टरनेशनल कलेज (ACIP) र प्यासिफिक हस्पिटालिटी एण्ड कुलीनरी एकेडेमी मैतीदेवीको आयोजनामा आउदो मे ३ देखि ७ तारिखसम्म फुड फेस्टिबल आयोजना हुनेछ ।

कार्यक्रम अष्ट्रेलियाको सिड्नीमा रहेको नमस्ते रेष्टुरेन्ट 307Pitt st,Sydney मा गरीने अष्ट्रेलियन प्यासिफक इन्टरनेशनल कलेज सिइओ गणेश केसीले बताउनुभयो ।

फुड प्रवर्धन कार्यक्रमा विश्वकै प्रतिष्ठित टिभी रियालिटी सो बिबिसी मास्टर सेफ प्रोफेशनल यूकेका उपविजेता सन्तोष साहले उक्त कार्यक्रममा विभिन्न नेपाली खानाको स्वाद र परिकारहरु पस्किने कलेजका सिइओ केसीले बताउनुभयो ।

नेपाली फुडलाई पछिल्लो समय संसारभर चिनाइराखनुभएका मास्टर सेफ साहले नेपाली मेनुका २० प्रकारका खानाको परिकार र नेपाली ऐला पनि पस्किुनुहुनेछ ।

पछिल्लो समय नेपाली विद्यार्थी र नेपालीहरुको घुम्नका लागि रोजाइ  भएको अष्ट्रेलियामा नेपाली खानाको प्रचारप्रसारका साथै नेपाली खानाको प्रमोसनका लागि पनि यो फुड फेस्टिवल आयोजना गर्न लागि केसीको भनाइ छ ।

कार्यक्रममा नेपालीका साथै विदेशीले पनि उक्त कार्यक्रमा गएर नेपाली परिकारको स्वाद लिन सक्ने छन् ।

Nabintech