• ७ बैशाख २०८१, शुक्रबार
टी -ट्वान्टी क्रिकेट लिगमा स्पट फिक्सिङ भएको सीआईबीको निष्कर्ष


काठमाडौं । नेपाल टी ट्वान्टी लिगमा स्पट फिक्सिङ भएको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले निष्कर्ष निकालेको छ ।

सीआईबीले पत्रकार सम्मेलन गर्दै नेपाल टी ट्वान्टी क्रिकेट लिगमा स्पट फिक्सिङ भएको जनाएको छ । सीआईबीले स्पट फिक्सिङको आरोपमा पूर्व राष्ट्रिय क्रिकेटर लाई सोमबार पक्राउ गरिएको समेत जनाएको छ ।

छानबिनमा महबुबले कम्तिमा दुई खेलाडीबाट स्पट फिक्सिङको प्रयास गरेको प्रमाण भेटिएको सीआईबीले जनाएको छ ।

महबुबले प्रतियोगिता दौरान आदिल आलमलाई एउटा नो बल र एउटा बाइड बल फाल्न एप्रोच गरेको र उनले खेलेको कम्तिमा दुई खेलमा सोहो प्रकृतिको खेल खेलेको सीआईबीले जनाएको छ ।

छानबिनमा एक नेपाली खेलाडीलाई नेपाली व्यक्तिले अप्रोच गरेको, एक विदेशी खेलाडीलाई व्यवस्थापक टिमका सदस्यबाट अप्रोच भएको र टिम म्यानेजरको निर्देशनमा एक विदेशी खेलाडीले एक सेशनमा निर्धारित रनमात्र बनाई स्पट फिक्सिङ गरेको देखिएको सीआईबीले जनाएको छ ।

नेपाल टी-ट्वान्टी लिग पुस ९ गतेबाट २७ गतेसम्म टियु क्रिकेट मैदानमा आयोजना भएको थियो । आदीलले जनकपुर रोयल्सबाट नेपाल टी-ट्वान्टी खेलेका थिए । महबुब भने कुनैपनि टोलीमा थिएनन् ।

प्रतियोगितामा स्पट फिक्सिङ भएको चर्चापछि सीआईबीले अनुसन्धान थालेको थियो ।यस्तै अन्तराष्ट्रिय क्रिकेट काउन्सिल टोलीले समेत अनुसन्धान गरेको थियो ।

Nabintech