एउटै क्षेत्रको सिटमा बिभिन्न दलको दावी परेपछि सत्ता गठबन्धनभित्र सिट बाँडफाँटमा समस्या


काठमाडौं । आउँदो निर्वाचनको लागि सत्ता गठबन्धनभित्र सिट बाँडफाँटमा सहमति हुन सकिरहेको छैन । एउटै क्षेत्रको सिटमा बिभिन्न दलको दावी परेपछि सत्ता गठबन्धनभित्र सिट बाँडफाँटमा सहमति जुटाउन समस्या भएको हो ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको थियो । बैठकमा सिट बाँडफाँटमा बिषयमा बिभिन्न तहमा छलफल भएपनि सहमति भने सकेन ।

बैठकपछि सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले दुई पक्ष, तीन पक्षिय र सर्वपक्षिय छलफलबाट सहमतिको प्रयास जारी रहेको जानकारी दिए । सिट बाँडफाँटमा सहमति नजिक पुगेपनि अन्तिम टुङ्गो लाग्न बाँकी रहेको उनले बताए।

उनले एउटै क्षेत्रको सिटमा पनि दुई तीनवदा दावी गरेको अवस्था रहेको र यसको समाधानको प्रयास भइरहेको उल्लेख गरे । सवै दलहरु लचिलो भएर अघि बढ्नुपर्ने अवस्था रहेको उनको भनाई छ । गठबन्धनका शिर्ष नेतालाई यसअघि नै कार्यदलले दलहरुको आ–आफ्नो अडान सहितको प्रतिवेदन बुझाइसकेको छ ।

Nabintech