• १४ बैशाख २०८१, शुक्रबार
‘नौवस्ता औद्योगिक करिडोर’ क्षेत्रका सुकुम्बासीको वस्ति व्यवस्थापनको विषयमा प्रधानमन्त्रीलाई बैजनाथका जनप्रतिनिधिले गराए ध्यानाकर्षण


कोहलपुुर । बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाही र उपाध्यक्ष निर्मला रोकाय सहितको टोलीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेको छ ।

नौवस्ता औद्योगिक कररडोर क्षेत्रको वस्ति व्यवस्थापनको विषयमा प्रधानमन्त्री देउवालाई बैजनाथका जनप्रतिनिधि सहितको डेलिकेसन डेलिगेशन टोलीले प्रधानमन्त्री देउवालाई सरकारी निवास बालुवाटारमा पुगेर ध्यानाकर्षण गरेको हो ।
कांग्रेस सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवासँग सरकारले बैजनाथ गाँउपालिका वडा नं ३ क्षेत्रको ५२५ विगाहा क्षेत्रभित्र औद्योगिक करिडोर निर्माण गर्ने निर्णय अनुसार ३३८ विगाहा सरकारको नाममा भए पनि ४१ विगाहा स्थानिय बासिन्दाको नाममा ल्याउनुपर्ने विषयमा प्रधानमन्त्री देउवाको पालिका अध्यक्ष शाहीले ध्याकर्षण गराउनुभएको छ ।

बैजनाथमा भुमिहिन तथा सुकुम्बासी समस्या समाधान, औधोगिक क्षेत्र ब्यवस्थापन लगायत विषय समाधान गर्न प्रधानमन्त्रीलाई आग्रह गरिएको थियोे । उक्त टोलीले राखेका मागप्रति प्रधानमन्त्री देउवा सकारात्मक देखिएको बताइएको छ ।
सो क्रममा नेपाली कांग्रेसका नेता एवम् संविधान सभा सदस्य बादशाह कुर्मी, महाधिवेशन प्रतिनिधि कमला हमाल, बैजनाथ गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष निखिल बैगार, वडा नम्बर ४ का वडाअध्यक्ष प्रेमबहादुर शाही, तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्का, नेपाली कांग्रेसका अन्य नेता लगायतको सहभागिता रहेको थियो । विभिन्न माग लिएर डेलिगेशनका लागि पुगेको टोलीले विभिन्न ब्यक्ति तथा निकायमा भेटघाट गरिरहेको छ ।

यसैबीच सोही टोलीले नेपाली काँग्रेसका उपसभापति पुर्णबहादुर खड्कालाई पनि भेट गरेको थियो । सो क्रममा उपसभापति खड्का समक्ष बैजनाथको समग्र विकासका विषयमा छलफल भएको थियो ।

Nabintech