• १६ चैत्र २०८०, शुक्रबार
बाँके जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा संदिपजंग शाह नियुक्त


नेपालगञ्ज । बाँके जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा संदिपजंग शाह नियुक्त भएका छन् ।

प्रदेश खेलकुद परिषद् लुम्बिनीले शाहलाई अध्यक्षमा नियुक्त गरेको हो । शाह नेपाल तरुण दल नेपालगञ्ज नगरका सभापति हुन् ।

यस्तै उपाध्यक्षमा चेतकान्त भट्टराई र कोषाध्यक्षमा विरेन्द्र शाही नियुक्त भएका छन् । सदस्यहरुमा मञ्जु शाह, रेवती सिंह, दिपक वली, मोहम्मद जावेद हलवाई, रन्जितसिंह सिजापति र चन्द्र रानालाई नियुक्त गरिएको प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले बताए ।

Nabintech