अर्थमन्त्री शर्मा भने–राजनीतिक पूर्वाग्रहको पराकाष्ठा देखियो,एउटा होइन हजारौं छानबिनका लागि तयार छु


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफूलाई लगाइएको आरोप पूर्वाग्रहको पराकाष्ठा भएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभामा राजीनामा घोषणा गर्नुअघि उनले प्रश्न गर्नुअघि सच्चाइ तथा तथ्यको गहिराइमा पुग्नुपर्ने बताए ।

शर्माले भने–‘म उठेका प्रश्नको उत्तर दिनु मेरो दायित्व हो । मैले संसदमा आएर बोल्न नपाउने नैतिकता के कारणले गुमाएँ । न मैले संकट परेका जनताको कोरोनाको क्रममा बदमासी गरेँ, न मैले करको दर हेरफेर गर्नुपूर्व कुनै व्यापारीलाई सामान भित्र्याउन अनुमति दिएँ न सूचना दिएँ । न मैले बच्चाको दुधको रेट बढाएर चकलेटहरुको मूल्य घटाए । के कारणले म अनैतिक भएँ आज प्रश्न उठिरहेको छ ।’ उनले एमाले सांसद योगेश भट्टराईले सैनिक नेतृत्वले जस्तै आदेश फरमान जारी गर्दै दोषी करार गरेको बताए । उनले एमालेले मागेको राजीनामाको सम्मान गर्दै सच्चाइ तथा तथ्यको गहिराइमा पुग्नुपर्ने बताए । सच्चाइमा नपुगी निर्णय गर्दा अन्यायमा पुग्ने त हैन भन्नेमा सोच्न आग्रह गरे । उनले आफूले बजेट निर्माण गर्दा कुनै त्रुटी नगरेको बताए ।

उनले एउटामात्रै नभएर हजारौं छानबिनका लागि तयार रहेको छ । ‘आमनागरिकमा भ्रम छरिएको कारण छानबिन गर्नेछ,’ उनले भने ।

 

Nabintech