• १५ चैत्र २०८०, बिहीबार
‘आफ्नै पार्टी मिलाउन समस्या छ,गठबन्धनमा कुर्सीको समस्या स्वभाविक हो’ :प्रधानमन्त्री देउवा


काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनमा हुने विवादलाई सामान्यरुपमा लिनुपर्ने बताएका छन्।

मंगलवार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको स्व।नेता गिरिजाप्रसाद कोईरालाको शालिक अनावरण कार्यक्रममा सम्बोधन गर्दै देउवाले गठबन्धनमा भएका राजनीतिक समस्यालाई सामान्यरुपमा लिनुपर्ने बताएका हुन्।

उनले एउटै पार्टीमा पनि समस्या हुने गरेको भन्दै गठबन्धनमा आएका कुर्सीका समस्याहरुलाई सामान्य रुपमा लिन आवश्यक रहेको बताए।

‘धनराजजीहरुले पनि भन्नुभयो, गठबन्धनमा समस्या आयो । एउटै पार्टीमा त समस्या हुन्छ भने कुर्सीमा त समस्या हुन्छ नै यसलाई समान्य रुपमा लिनुपर्छ। तपाईंहरु प्रधानमन्त्री भएपछि थाहा पाउनुहुन्छ।’

पढ्नुस स् गठबन्धनको जहाज आकाशमा उडिरहेको छ, सेफ ल्याण्डिङ भएको छैन स् धनराज गुरुङ

सो कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धनमा विवाद भएर टुटे देश दुर्घटनातर्फ जाने बताएका थिए। गुरुङले गठबन्धनभित्र नै एक दलले अर्को दललाई आरोप लगाउँदा अपरिपक्व राजनीतिज्ञले देश संचालन गरेके पुष्टि हुने दाबी गरेका थिए।

कार्यक्रममा प्रधानमन्त्री देउवाले मोरङको विराटनगरमा रहेको भवनलाई स्व। नेता गिरिजाप्रसाद कोईरालाको नाममा संग्रहालय बनाउने कुरा स्वागतयोग्य रहेको बताएका थिए। उनले संग्रहालय बनाउने कुरामा सरकारले सहयोग गर्ने पनि प्रतिवद्धता जनाएका थिए।

Nabintech