• १३ बैशाख २०८१, बिहीबार
जानकीले ल्यायो ५९ करोड ५३ लाख ५९ हजार बजेट


नेपालगन्ज । जानकी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि ५९ करोड बढी बजेट ल्याएको छ ।

गाउँपालिका कार्यालय मानपुरमा शुक्रबार आयोजित ११ औं सभामा उपाध्यक्ष रामप्यारी यादवले बजेट प्रस्तुत गरेकी हुन् । यसअघि बिहीबार गाउँपालिका अध्यक्ष छब्बन खाँले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । गाउँपालिकाले ५९ करोड ५३ लाख ५९ हजार बजेट ल्याएको छ ।

उपाध्यक्ष यादवले गाउँबासीको समृद्धिको सपना साकार पार्न सुशासन र सुरक्षाको प्रत्याभुति गराउँदै गाउँ विकासमा जनतालाई सहभागिता र अपनत्व महसुस गराउने, सेवा प्रवाहलाई सरलीकृत र चुस्त बनाउने, स्वरोजगारका माध्यमबाट गरिबी न्यूनिकरण, लिंक रोड, प्रशासनिक भवन तथा वडाको भवन निर्माण, १५ शैयाको अस्पताल, स्वास्थ्य चौकी निर्माण र स्तरोन्ती गर्नुका साथै नागरिक स्तरबाट उठान भएका आवश्यकता एवं अपेक्षाको सम्बोधनलाई जोड दिइएको छ ।

गाउँपालिकाले आर्थिक विकासतर्फ कुल ७५ लाख विनियोजन गरेको छ । आर्थिक विकासतर्फ कृषि क्षेत्रका लागि ३५ लाख, पशु क्षेत्रका लागि ३५ लाख र सहकारी क्षेत्रका लागि ५ लाख गरि कुल ७५ लाख विनियोजन गरिएको छ ।

सामाजिक विकासतर्फ कुल एक करोड ६५ लाख विनियोजन गरिएको छ । सामाजिक विकासतर्फ शिक्षा क्षेत्रका लागि ९० लाख, महिला तथा बालबालिका क्षेत्रका लागि १५ लाख र स्वास्थ्य क्षेत्र ६० लाख गरि कुल एक करोड ६५ लाख बजेट विनियोजन गरिएको छ ।

यसैगरि पूर्वाधार विकासतर्फ सबैभन्दा बढी बजेट विनियोजन गरेको छ । पूर्वाधार विकासतर्फ कुल २० करोड ९० लाख ५९ हजार बजेट विनियोजन गरिएको हो । गाउँपालिका स्तरीय योजनाका लागि १६ करोड ५५ लाख ५९ हजार, वडा स्तरीय योजनातर्फ ४ करोड ३० लाख गरि २० करोड ९० लाख ५९ हजार बजेट विनियोजन गरेको हो ।

वन, वातावरण तथा विपत व्यवस्थापनतर्फ १० लाख विनियोजन गरिएको छ । सुशासन तथा संस्थागत क्षमता विकासतर्फ ९ करोड २५ लाख र वडास्तरीय चालु बजेट ६० लाखसहित कुल १० करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

न्यायिक तथा लक्षित कार्यक्रम अन्र्तगत ५०र५० लाख र कर्मचारी कल्याण कोषका लागि २० लाख गरि कुल १० करोड ८० लाख बजेट सहित समग्रमा ५९ करोड ५३ लाख ५९ हजार बजेट विनियोजन गरिएको हो ।

यसअघि गाउँपालिकाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रममा गाउँपालिकाले आर्थिक विकासतर्फ कृषि तथा पशु, सहकारी एवं वित्तीय व्यवस्थापन र उद्योग, सामाजिक विकासतर्फ स्वास्थ्य तथा सरसफाई, शिक्षा युवा तथा खेलकुद, जेष्ठ नागरिक महिला बालबालिका तथा अपांग, सँस्कृति तथा पर्यटनलाई समेटिएको छ ।

त्यस्तै पुर्वाधार विकासतर्फ पुर्वाधार विकास, भुमि तथा भवन ब्यवस्थापन, वातावरण तथा विपत व्यवस्थापनतर्फ वन वातावरण तथा विपद व्यवस्थापन, सार्वजनिक सेवा तथा क्षमता विकासतर्फ सुशासन तथा सेवा प्रवाह, राजश्व प्रशासन र न्याय प्रणाली सम्बन्धी विषयलाई प्राथमिकता दिइएको छ ।

गाउँपालिका अध्यक्ष खाँको सभाध्यक्षतामा सम्पन्न उक्त सभामा प्रमुख प्रशासकीय अधिकृत बस बहादुर राना, वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्य, सञ्चारकर्मी, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

Nabintech