• १७ आश्विन २०७९, सोमबार
विमलाकी प्रेमीकी श्रीमती भन्छिन्ः मेरो पोई खोइ भन्दै मन्त्री विमलाले हातपात गरिन् !


काठमाडौं । लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले आफ्ना ‘प्रेमी’ एकराज बस्नेतकी श्रीमतीलाई हातपात गरेपछि अहिले प्रहरी नियन्त्रणमा छिन् । उनलाई राखिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरमा अहिले सुरक्षा कडा गरिएको छ र कसैलाई पनि छिर्न दिइएको छैन ।

एकराजकी पत्नी मीना भण्डारीका अनुसार विमलाले उनको घरमा आएर एकराजलाई आफ्नो श्रीमान दाबी गरेकी थिइन् । आफू र आफ्नी ६ वर्षकी छोरीलाई उनले हातपात गरेको मीनाको भनाइ छ । घटनाबारे उनले प्रहरीलाई यस्तो बयान दिएकी छन्स्

‘बिहानै आएर गेटमा बेस्सरी हल्लाइ । को रहेछ भनेर गएँ । बाहिरबाट ‘ढोका खोल, ढोका खोल, भनेको सुनिनस्’ भन्दै चिच्याइरहेकी थिई । मैले ढोका खोलेँ । भित्र आउनासाथ ‘मेरो एकराज खोइ रु’ भन्दै पर्दाहरु तानेर छिनाइ । झुल पनि तानेर फाली । ‘मैले किन्देको लुगा’ भनेर सबै लुगा मिल्काइदिइई। अनि मलाई गालामा हानी । मेरो लुगा पनि च्यातचुत पारी । अर्को कोठामा गएर नानीलाई पनि हानिछे । नानी स्कुल जान ड्रेस लगाएर बसेकी थिई । अहिले रोइरहेकी छे । उसले एकराज मेरो पोइ हो भनिरहेकी थिई ।’

घटनापछि मीनाले आफ्नो जेठाजुलाई खबर गरेकी थिइन् । जेठाजुले प्रहरी बोलाएका थिए । ईप्रका तुल्सीपुरको प्रहरी आएर एकराजको कोठाबाट विमलालाई नियन्त्रणमा लिएको थियो । घटना हुँदा एकराज घरमा थिएनन् ।

एकराज र मीनाका एक छोरा र एक छोरी छन् । विमलाका पनि दुई छोरा छन् । विमलाका श्रीमानको केही समयअघि दुर्घटनामा निधन भएको थियो ।

गत वर्ष भदौमा विमलाले आफ्नो फेसबुक स्टोरीमा एकराजलाई चुम्बन गरेको फोटो हालेकी थिइन् । उक्त फोटोसहित विभिन्न सञ्चारमाधयममा समाचार प्रकाशित गरेपछि उनले तस्वीर एडिट गरिएको र एकराज आफ्नो भाइ पर्ने दावी गरेकी थिइन् ।

Nabintech