• १५ चैत्र २०८०, बिहीबार
जसपाकाे समीक्षा बैठकमा कुटाकुट,चार कार्यकर्ता घाइते

लोसपालाई पार्टी एकताका लागि उपेन्द्र यादवको आह्वान



जनकपुरधाम ।जनता समाजवादी पार्टी (जसपा) को धनुषा जिल्लाको स्थानीय निर्वाचनको समीक्षा बैठकमा नेताहरूबीच कुटाकुट भएको छ।

जनकपुरधामस्थि होटल बाबाको ढावामा मंगलबार आयोजित बैठकमा विभिन्न पालिकामा पराजयको कारण अन्तरर्घात भएको भन्दै नाम किटेरै आरोप प्रत्यारोपमा उत्रिएपछि विवाद हुँदा कुटाकुट भएको हो।

समिक्षा बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका शीर्ष नेताहरु समेत सहभागी थिए।

जसपा सबैला नगरपालिकाका अध्यक्ष वैधनाथ रायले चुनावमा केन्द्रीय सदस्य साधु यादवलगायतका समूहले अन्तर्घात गरेको आरोप लगाउँदै सिटमा बसे लगतै यादव समर्थकले उनीमाथि कुटपिट गर्न थालेको बैठकमा सहभागी एक नेताले बताए।

‘वैद्यनाथजीले नामै किटेर अन्तर्घात गरेको मञ्चमा बोल्नुभएको थियो। भाषण सकेर कुर्सीमा बसेको दुई तीनमिनेटपछि त्यसै विषयलाई लिएर भनाभन हुँदै विवाद भयो। अनि कुटपिट हुन थाल्यो’, ती नेताले  भने।

कुटाकुट गर्ने केही नेतालाई बैठक हलबाट निकालिएको थियो। कुटाकुटको क्रममा नेताहरू सिकिन्दर सिंह यादव, अवधकिशोर रविदास र जितेन्द्र मुखियालाई चोट लागेको छ।

‘लाठी, भाटा केही थिएन। हातखुट्टाले कुटाकुट र धकेलाधकेल हुँदा पनि उनीहरुलाई चोट लाग्यो’, बैठकमा सहभागी ती नेताले अगाडि भने।

बैठकमा आरोप प्रत्यारोपको क्रममा विवाद हुँदा हाता हालाहालको स्थिति आएको जसपा नेता शेष नरायण यादवले  स्वीकारे। यद्दपि त्यसलाई कुटाकुट भन्न नमिल्ने उनको जिकिर छ।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले लोसपालाई पार्टी एकताका लागि आह्वान गरेका छन्। विगतमा नेकपा एमाले अध्यक्ष ओलीको भड्काउमा जसपाबाट महन्थ ठाकुरको समूह फुटेर जाँदा घाटा भएको बताउँदै उनले अब एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेको दाबी गरे।

बुधबार बिहान जनकपुरधाममा प्रेस मञ्चले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले यस्तो कुरा बताएका हुन्।

‘ओलीको भड्काउमा हिजो जसपाबाट महन्थ ठाकुर नेतृत्वमा एक समूह फुटेर जानु भयो। आज समीक्षा गर्ने समय छ, पार्टी फोडेर कसलाई के फाइदा भयो रु जनमत बाँडिदा मधेशी जनतालाई नै घाटा भएको छ। त्यसैले यो विभाजनको औचित्य म आज देखिरहेको छैनु, अध्यक्ष यादवले भने,’आउनुस् अहिले पनि समय छ। फुटेर हैन जुटेर अघि बढौं। यदि जुटेर अगाडि बढ्न लोसपाका साथीहरु तयार छन् भने हामी खुला हृदयले स्वागत गर्न तयार छौुं

अर्को प्रसंगमा उनले खर्चिलो र लामो निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने विचार व्यक्त गरे। ,’निर्वाचन प्रणाली खिचडी जस्तै छ। गलत निर्वाचन प्रणाली भएकोले अत्यधिक खर्चिलो, अनेक विकृतिमय छ। त्यस कारण यो निर्वाचन प्रणाली परिवर्तन हुनु आवश्यक छु अध्यक्ष यादवले भने।

उनले अहिले नागरिकताको समस्या अविलम्ब समाधान गर्नु पर्नेमा जोड दिए। अहिले पनि लाखौं जन्मसिद्ध नागरिकका सन्तान नागरिकताबाट वञ्चित रहेकाले तिनीहरुको समस्या समाधान र आगामी निर्वाचनमा मतदानको अधिकारको लागि अब बस्ने संसदबाट नागरिकता विधेयक पास गरी पारित गर्नु पर्ने बेला आएको बताए।

यादवले आगामी निर्वाचनको लागि पनि पाँच दलीय गठबन्धन मिलेर अघि बढ्नुको विकल्प नरहेको बताए।

 

Nabintech