• ७ बैशाख २०८१, शुक्रबार
विद्युतीय चुल्होको आवेदन खुल्यो,पहिलो चरणमा विद्यार्थीहलाई वितरण हुने


काठमाडौं । विद्युतीय चुल्होको लागि आवेदन खुलेको छ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले चुल्हो वितरणको लागि आवेदन खुलाएको हो।

चुल्हो सुरुको चरणमा विद्यार्थीहरूलाई वितरण गरिने जनाएको छ। त्यसमा पनि लोपोन्मुख आदिवासी जनजाति र दलित वर्गमा पर्ने विद्यार्थीहरुलाई वितरण हुने जनाएको छ।

त्यसको लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको वेबसाइटमा रहेको अनलाइन फारम भर्नुपर्ने जनाएको छ।

फारम भर्न नेपाली नागरिकताको प्रमाणपत्र, शिक्षण संस्थाको सिफारिस र विद्यार्थी परिचयपत्र प्रतिलिपि, लोपोन्मुख आदिवासी जनजाति तथा दलित वर्ग खुल्ने परिचयपत्र प्रतिलिपि वा सिफारिस आवश्यक पर्ने वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले जनाएको छ।

Nabintech