• ७ बैशाख २०८१, शुक्रबार
महानगरलाई १० अर्ब र गाउँपालिकालाई १ खर्बको बजेट, कुन स्थानीय तहलाई कति ? [सूचीसहित]


काठमाडौं ।  सरकारले आगामी आर्थिक वर्ष २०७९र८० का लागि देशैभरका ७५३ स्थानीय तहलाई ३ खर्ब ३७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सरकारले ६ महानगरपालिकाका लागि १० अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सरकारले आगामी आवका लागि विनियोजन गरेको बजेट देशभरका ११ उपमहानगरपालिकाका लागि १० अर्ब ४२ करोड रुपैयाँ रहेको छ । यस्तो बजेट नगरपालिकाका लागि १ खर्ब ३३ अर्ब ४६ करोड रुपैयाँ छ ।

स्थानीय तहमा पठाएको बजेट देशैभरका गाउँपालिकाका लागि १ खर्ब ४६ अर्ब १७ करोड रुपैयाँ रहेको अर्थ मन्त्रालयले सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण विवरणमा उल्लेख छ ।

स्थानीय तहमा पठाएको बजेटमा १ खर्ब समानीकरण अनुदान रहेको छ । यस्तो बजेटमा १ खर्ब ८३ अर्ब रुपैयाँ सशर्त अनुदान र ९ अर्ब रुपैयाँ विशेष अनुदान छ ।

सरकारले आगामी आवका लागि विनियोजन गरेको बजेटमा सातै वटा प्रदेशका लागि १ खर्ब २९ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । प्रदेशलाई पठाएको बजेटमा सबैभन्दा बढी बागमती प्रदेशलाई २० अर्ब ३२ करोड रुपैयाँ रहेको छ भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशलाई १७ अर्ब ५५ करोड रुपैयाँ छ ।

प्रदेश १ लाई १९ अर्ब ९ करोड, मधेश प्रदेशलाई १९ अर्ब १५ करोड, लुम्बिनीलाई १८ अर्ब ४७ करोड रुपैयाँ, गण्डकी प्रदेशलाई १६ अर्ब ५४ करोड र कर्णाली प्रदेशलाई १८ खर्ब ४७ करोड रुपैयाँ छ ।

सरकारले प्रदेश र स्थानीय तहलाई सशर्त र निशर्त बजेट पठाउने गरेको छ ।

सरकारले विनियोजन गरेको देशैभरका स्थानीय तहको बजेट रकमको सूची निम्नअनुसार छ –

 

 

Nabintech