• १६ चैत्र २०८०, शुक्रबार
नेपालमा विमान दुर्घटनाको इतिहास : १०७ दुर्घटना, ८३६ को मृत्यु (विवरणसहित)


काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका – ०२ सानसुरे भीरमा दुर्घटनाग्रस्त भएको छ ।

आइतबार बिहान ९ः५५ मा पोखराबाट उडेको विमान केहीबेरमा सम्पर्कविहीन भएको थियो । दुर्घटनामा चालकदलका सदस्यसहित २२ जनाको मृत्यु भएको छ ।नेपाली आकाशमा चार वर्षपछि जहाज दुर्घटनामा परेको हो । यसअघि बंगलादेशबाट नेपाल आएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा नै दुर्घटनामा परेको थियो ।

आइतबारको दुर्घटनाबाहेक नेपालमा हालसम्म विमान दुर्घटनामा परेर ८ सय १४ जना मानिसको मृत्यु भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार सन् १९५५ देखि सन् २०२२ सम्म नेपालमा कुल १०७ वटा विमान दुर्घटना भएको छ, जसमध्ये ६४ वटा दुर्घटनामा मात्रै मानवीय क्षति हुँदा ८३६ जनाले ज्यान गुमाउनुपरेको छ ।

प्राधिकरणका अनुसार बहुइञ्जिन भएको ५० वटा विमान दुर्घटनाग्रस्त हुँदा २८ वटा विमान दुर्घटनामा ३ सय ५७ जना मानिसको ज्यान गएको छ । २२ दुर्घटनामा कुनै मानवीय क्षति भएन । त्यसैगरी, नेपालको सिंगलइञ्जिन भएको कुल ८ वटा विमान दुर्घटनाग्रस्त भएपनि ६ वटा विमान दुर्घटना हुँदा २५ जनाको ज्यान गएको छ ।

नेपालमा अहिलेसम्म कुल ३६ वटा हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा १६ वटा दुर्घटनामा ५४ जनाको ज्यान गएको छ । २० वटा दुर्घटनामा मानवीय क्षति भएको छैन ।

विदेशमा दर्ता भएका वायु सेवाका विमानहरूमध्ये कुल ९ वटा जहाज नेपालमा दुर्घटनाग्रस्त भएका छन् । त्यसमध्ये ८ वटा जहाज दुर्घटनाग्रस्त हुँदा कुल ३ सय ७३ जना मानिसको ज्यान गएको छ ।

नेपालमा दर्ता भएका ठूला वाइडबडी जहाजभन्दा पनि स–साना वायुयानहरू अधिकांश पहाडी विमानस्थलमा ल्याण्ड गर्ने बेला, एप्रोच गर्ने बेला तथा उडान गर्ने बेला दुर्घटनाग्रस्त हुने गरेको छ । पहाडमा ठोक्किएर, खराब मौसमको समयमा उडान गर्दा प्रायःजसो दुर्घटना हुने गरेको छ । दृष्टि गौचर उडान विधि ९भिजिबल फ्लाइट रूट०को नियमलाई नमानेर पनि धेरैजसो दुर्घटना हुने गरेको छ ।

नेपालमा कहिले र कहाँ विमान दुर्घटना हुँदा कति मानिसको मृत्यु भयो रु यस्तो छ तथ्यांक :

बहुइञ्जिन भएका विमान दुर्घटना हुँदा भएको मानवीय क्षतिको विवरणः

– ५ नोभेम्बर १९६० मा नेपाल एयरलाइन्सको विमान भैरहवामा दुर्घटना हुँदा ४ जनाको मृत्यु ।

– १ अगस्त १९६२ मा नेपाल एयरलाइन्सको विमान तुलाच्चनधुरीमा दुर्घटना हुँदा १० जनाको मृत्यु ।

– १२ जुलाई १९६९ मा नेपाल एयरलाइन्सको विमान हेटौँडानजिक दुर्घटना हुँदा ३५ जनाको मृत्यु ।

– २५ जनवरी १९७० मा नेपाल एयरलाइन्सको विमान नयाँ दिल्लीमा दुर्घटना हुँदा १ जनाको मृत्यु ।

– २२ डिसेम्बर १९८४ मा नेपाल एयरलाइन्सको विमान चक्लेटीडाँडामा दुर्घटना हुँदा १५ जनाको मृत्यु ।

– ३१ जुलाई १९९३ मा एभरेस्ट एयरको विमान सोलीघोप्टेमा दुर्घटना हुँदा १८ जनाको मृत्यु ।

– १४ जनवरी १९९५ मा नेपाल एयरलाइन्सको विमान काठमाडौं विमानस्थलमा दुर्घटना हुँदा २ जनाको मृत्यु ।

– २१ अगस्त १९९८ मा सांग्रिला एयरको विमान म्याग्दीको चुच्चेखर्कमा दुर्घटना हुँदा १८ जनाको मृत्यु ।

– ५ सेप्टेम्बर १९९८ मा नेकन एयरको विमान काठमाडौंको थानकोटमा दुर्घटना हुँदा १५ जनाको मृत्यु ।

– २५ डिसेम्बर १९९९ मा स्काइलाइन एयरलाइन्सको विमान मकवानपुरको बुर्जो लेकमा दुर्घटना हुँदा १० जनाको मृत्यु ।

– सन् १९९९ मै नेकन एयरको विमान काठमाडौंको थानकोटमा दुर्घटना हुँदा १५ जनाको मृत्यु ।

– २६ फेब्रुअरी २००० मा कस्मिक एयरको विमान बझाङमा दुर्घटना हुँदा १ जनाको मृत्यु ।

– २७ जुलाई २००० मा नेपाल एयरलाइन्सको विमान डडेलधुराको जोगबुडामा दुर्घटना हुँदा २५ जनाको मृत्यु ।

– १७ जुलाई २००२ मा स्काइलाइन एयरलाइन्सको विमान सुर्खेतको गदगदेडाँडामा दुर्घटना हुँदा ४ जनाको मृत्यु ।

– २२ अगस्त २००२ मा सांग्रिला एयरको विमान पोखरामा दुर्घटना हुँदा १८ जनाको मृत्यु ।

– २१ अप्रिल २००४ मा बुद्ध एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा १ जनाको मृत्यु ।

– २५ मे २००४ मा यती एयरलाइन्सको विमान सोलुखुम्बुको लमजुरामा दुर्घटना हुँदा ३ जनाको मृत्यु ।

– १२ जुन २००६ मा यती एयरलाइन्सको विमान जुम्ला विमानस्थलमा दुर्घटना हुँदा ९ जनाको मृत्यु ।

– ८ अक्टुबर २००८ मा यती एयरलाइन्सको विमान लुक्ला विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको मृत्यु ।

– २४ अगस्त २०१० मा अग्नि एयरको विमान मकवानपुरको शिखरपुरमा दुर्घटना हुँदा १४ जनाको मृत्यु ।

– १५ डिसेम्बर २०१० मा तारा एयरको विमान ओखलढुंगामा दुर्घटना हुँदा २२ जनाको मृत्यु ।

– २५ सेप्टेम्बर २०११ मा बुद्ध एयरको विमान ललितपुरको कोतडाँडामा दुर्घटना हुँदा १९ जनाको मृत्यु ।

– १४ मे २०१२ मा अग्नि एयरको विमान जोमसोम विमानस्थलमा दुर्घटना हुँदा १५ जनाको मृत्यु ।

– २८ सेप्टेम्बर २०१२ मा सिटा एयरको विमान भक्तपुरको मनोहरामा दुर्घटना हुँदा १९ जनाको मृत्यु ।

– १६ फेब्रुअरी २०१४ मा नेपाल एयरलाइन्सको विमान अर्घाखाँचीको मसिनेलेकमा दुर्घटना हुँदा १८ जनाको मृत्यु ।

– २४ फेब्रुअरी २०१६ मा तारा एयरको विमान म्याग्दीको दानामा दुर्घटना हुँदा २३ जनाको मृत्यु ।

– २७ मे २०१७ मा समिट एयरको विमान लुक्ला विमास्थलमा दुर्घटना हुँदा २ जनाको मृत्यु ।

– १४ अप्रिल २०१९ मा समिट एयरको विमान लुक्ला विमानस्थलमा दुर्घटना हुँदा ३ जनाको मृत्यु।

सिंगल इञ्जिन भएको विमान दुर्घटना हुँदा भएको मानवीय क्षतिको विवरण स्

– ३१ मार्च १९७५ मा नेपाल एयरलाइन्सको विमान काठमाडौंको बौद्धमा दुर्घटना हुँदा ५ जनाको मृत्यु ।

– ३० अक्टुबर १९८१ मा नेपाल एयरलाइन्सको विमान विराटनगरमा दुर्घटना हुँदा १० जनाको मृत्यु ।

– २० नोभेम्बर १९९८ मा नेपाल एयरलाइन्सको विमान फक्दिङमा दुर्घटना हुँदा १ जनाको मृत्यु ।

– १३ जनवरी १९९९ मा नेकन एयरको विमान जुम्लामा दुर्घटना हुँदा ५ जनाको मृत्यु ।

– २६ फेब्रुअरी २०१६ मा एयर काष्ठमण्डपको विमान कालिकोटको चिल्खायामा दुर्घटना हुँदा २ जनाको मृत्यु ।

– १६ मे २०१८ मा मकालु एयरको विमान सिमकोटपासमा दुर्घटना हुँदा २ जनाको मृत्यु ।

२९ मे २०२२ मा तारा एयरको विमान मुस्ताङको लार्जुङमा दुर्घटना हुँदा २२ जनाको मृत्यु ।

नेपालमा हेलिकप्टर दुर्घटनाबाट मानवीय क्षति भएको विवरणः

– २७ डिसेम्बर १९७९ मा भीभीआईपी हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु ।

– २४ जनवरी १९९६ मा नेपाल एयरवेजको हेलिकप्टर दुर्घटना हुँदा १ जनाको मृत्यु ।

– २४ अक्टोबर १९९८ मा एसियन एयरलाइन्सको हेलिकप्टर मूलखर्कमा दुर्घटना हुँदा ३ जनाको मृत्यु ।

– १२ नोभेम्बर २००१ मा फिस्टेल एयरको हेलिकप्टर मुगुको रारा लेकमा दुर्घटना हुँदा ४ जनाको मृत्यु ।

– ३० सेप्टेम्बर २००२ मा एसियन एयरलाइन्सको हेलिकप्टर सोलुखुम्बुमा दुर्घटना हुँदा २ जनाको मृत्यु ।

– २८ मे २००३ मा सिम्रिक एयरको हेलिकप्टर एभरेस्ट बेस क्याम्पमा दुर्घटना हुँदा २ जनाको मृत्यु ।

– ४ जनवरी २००५ मा एयर डायनास्टी हेली सर्भिसको हेलिकप्टर रामेछापमा दुर्घटना हुँदा ३ जनाको मृत्यु ।

– २३ सेप्टेम्बर २००६ मा श्री एयरलाइन्सको हेलिकप्टर ताप्लेजुङको घुन्सामा दुर्घटना हुँदा ४ जनाको मृत्यु ।

– ७ नोभेम्बर २०१० मा फिस्टेल एयरको हेलिकप्टर माउन्टेन अमादाबलाममा दुर्घटना हुँदा २ जनाको मृत्यु ।

– १९ जुन २०१३ मा फिस्टेल एयरको हेलिकप्टर सिमिकोटमा दुर्घटना हुँदा १ जनाको मृत्यु ।

– ३ अगस्त २०१४ मा फिस्टेल एयरको हेलिकप्टर सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १ जनाको मृत्यु ।

– २ जुन २०१५ मा माउन्टेन हेलिकप्टर सिन्धुपाल्चोकको यमुना डाँडामा दुर्घटना हुँदा ४ जनाको मृत्यु ।

– ८ अगस्त २०१६ मा फिस्टेल एयरको हेलिकप्टर नुवाकोटको बेतनीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु ।

– १४ अगस्त २०१८ मा मनाङ एयरको हेलिकप्टर हुम्लाको हिस्लामा दुर्घटना हुँदा १ जनाको मृत्यु ।

– ८ सेप्टेम्बर २०१८ मा अल्टिच्युड एयरको हेलिकप्टर धादिङमा दुर्घटना हुँदा ६ जनाको मृत्यु ।

– २७ फेब्रुअरी २०१९ मा एयर डाइनास्टीको हेलिकप्टर ताप्लेजुङको पाथिभारामा दुर्घटना हुँदा ७ जनाको मृत्यु।

विदेशमा दर्ता भएका तर नेपालमा दुर्घटना भएर भएको मानवीय क्षतिको विवरण स्

– ३० अगस्त १९५५ मा कालिंगा एयरको विमान सिमरामा दुर्घटना हुँदा २ जनाको मृत्यु।

– १५ मे १९५६ मा इन्डिया एयरलाइन्सको विमान काठमाडौंमा दुर्घटना हुँदा १४ जनाको मृत्यु।

– २४ मार्च १९५८ मा इन्डिया एयरलाइन्सको विमान पत्ने भन्ज्यांगमा दुर्घटना हुँदा २० जनाको मृत्यु।

– १० मे १९७२ मा थाई एयरवेज इन्टर्नेशनलको विमान दुर्घटना हुँदा ११३ जनाको मृत्यु।

– २८ सेप्टेम्बर १९९२ मा पाकिस्तान इन्टर्नेशनल एयरलाइन्सको विमान दुर्घटना हुँदा १६७ जनाको मृत्यु।

– ७ जुलाई १९९९ मा लुफ्तान्सा विमान काठमाडौंको भस्मासुर हिलमा दुर्घटना हुँदा ५ जनाको मृत्यु।

– १२ मार्च २०१८ मा युएस बंगलाको विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा ५१ जनाको मृत्यु।

नेपालमा रिक्रिएसनल एयरक्राफ्ट दुर्घटना हुँदा भएको मानवीय क्षतिको विवरण :

– ३ अक्टोबर २०१३ मा एभिया क्लबको एयरक्राफ्ट पोखराको शान्ति स्तुपामा दुर्घटना हुँदा २ जनाको मृत्यु।

– १० अगस्त २०१५ मा पोखरा अल्ट्रालाइटको एयरक्राफ्ट कास्कीको माछापुछ्रेमा दुर्घटना हुँदा २ जनाको मृत्यु।

– २३ नोम्भेम्बर २०१६ मा एभिया क्लबको एयरक्राफ्ट पोखरामा दुर्घटना हुँदा १ जनाको मृत्यु।

Nabintech