• १५ चैत्र २०८०, बिहीबार
प्रधानमन्त्री रोजगार कार्यक्रममा बजेट दिएको सरकारले ढाँचा परिवर्तन गर्यो


काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिवर्तन गरेको छ ।

यसका लागि ७ अर्ब ५ करोड विनियोजन गरिएको छ । आगामी आर्थिक वर्ष २०७९ ०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई कृषि उत्पदानमा केन्द्रित गरेको बताए । हालसम्म यो कार्यक्रम स्थानीय तहको सिफारिसमा हुने साना निर्माण आयोजना मार्फत रोजगारी दिने गरी कार्यक्रम सन्चालन हुँदै आएको थियो।

‘प्रधानमन्त्री रोजगारीको कार्यक्रमको ढाँचा परिवर्तन गरिनेछ । स्थानीय तहको सहकार्यमा खेतीयोग्य बाँझो जमिन पहिचान गरी रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगारलाई यस कार्यक्रम मार्फत कृषि उत्पादन मुलुक क्षेत्रमा रोजगारी प्रदान गरिनेछ’, उनले भने ।

उनले यो कार्यक्रम मार्फत प्रत्येक वर्ष रोजगार सेवा केन्द्र मार्फत दुई लाख सूचीकृतलाई रोजगार प्रदान गरिने बताए ।

चार वर्षदेखि सञ्चालन हुँदै आएको यो कार्यक्रम अन्तर्गत चालु आवको फागुन मसान्तसम्म ७१ हजार ३ सय २४ जनाले आंशिक रोजगारी पाएका छन् । चालु आवमा स्थानीय तहमा ७ लाख ८ हजार दुई सय ८७ जनाले बेरोजगार युवा सूचीकृत भएका छन् ।

 

 

Nabintech