• १३ बैशाख २०८१, बिहीबार
पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

हराएको विमानमा १६ नेपाली र ६ विदेशी



काठमाडौं ।  पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन एईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको छ ।

१९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । १९ यात्रुसहितको जहाजमा ३ जना चालक दलका सदस्य पनि छन् ।

सम्पर्कविहीन भएको तारा एयरको ९ एन-एईटी कलसाइनको जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी रहेको खुलेको छ । तारा एयरका अनुसार जहाज अझै सम्पर्कविहीन छ ।

जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए । जहाज ९ बजेर ५५ मिनेटमा उडेको थियो ।

प्रहरीका अनुसार लेते क्षेत्रसम्म सम्पर्कमा रहेको विमान एकाएक सञ्चार सम्पर्कविहीन बनेको थियो । खोजी कार्य जारी रहेको छ ।

 

 

Nabintech