‘दरवारमार्ग मंहगो भन्छौ,तर हामी पाँच रुँपैया हेयर कटको सेवा दिन्छौ’ – पराजुली


रमेश पराजुली सञ्चालक, दी भान युनि सेक्स सलुन

१ .नेपालमा कर्पोरेट स्तरमा हेयर र ब्यटि सर्भिसको कन्सेप्ट कसरी आयो ?

ड्ड नेपालमा पछिल्लो समयमा मानिसहरु देश विदेश घुम्नथाले, मानिहरुलाई बौद्धिक विकाससंगै व्यक्तित्व विकासमा पनि ध्यान दिनुपर्छ भन्ने मान्यता बढ्दै गएको थियो । त्यहि बेला मैले नेपालमा हेयर, नेल, स्किनमा गुणस्तरिय सेवा दिदाँ यसको भविष्य छ भन्ने लाग्यो । पाँच वर्ष अघि मैले सोचेको त्यो सोच आज सहि पनि सावित भएको छ । मानिसहरु स्तरीय सेवाको खोजीमा थिए, त्यहि बेला दि भान सुरु गर्यौ, हाम्रो सेवा र गुणस्तर पनि मानिसहरुलाई मन पर्न थाल्योे र आज हामी नेपालीहरुको पहिलो रोजाइको हेयर र ब्यटी सर्भिस दिने संस्था बन्न पाउदा खुसी लागेको छ ।

२ .दरवारमार्ग जस्तो महंगो ठाँउमा सेवा दिन सजिलो र कठिन के हुने रहेछ ?

कस्तो मिठो प्रश्न गनुभयो, दुइ कारणले हामीले हाम्रो सेवाका लागि दरवारमार्ग रोजेका हौं, पहिलो अहिलेलाई हाम्रो सेवा काठमाडौंमा मात्र छ, त्यसका लागि काठमाडौं मुटु दरवारमार्गमा सेवा दिन सक्दा सेवा लिने र दिने दुवैलाई सहज भएको छ । अर्को दरवारमार्गका जे पनि महंगो छ भन्ने भ्रम छ । त्यो सत्य होइन, हामीले महंगो होइन गुणस्तरिय सेवामा ध्यान दिएका छौं, हामीले दिने सेवा लगभग ७० प्रतिशत भन्दा बढी नेपालीले सहज रुपमा लिन सक्छन । पैसा भन्दा सेवामा ध्यान दिएका कारण पनि हामी एउटा पहिचान बनाएर बस्न सकेका हौं । त्यसकारण दरवारमार्गमा गुणस्तरीय सेवा दिन पाँउदा गर्व लागेको छ ।

३. अनि पाँचौ वर्षमा पुग्नु भयो, सेवा विस्तार किन गर्नु भएन ?

ड्ड काठमाडौंमा सफल भइसकेको सेवा विस्तार गर्न हामीपनि आतुर छौ, तर हामीसवैलाई थाहा छ विगत २ वर्ष हामी सवैले महामारीका कारण कठिन रुपमा वितायौं । जसका कारण हामीले आप्नो सेवा राजधानीभित्र पनि अरु ठाँउमा दिन सकेनौं, र मोफसलका जिल्लाहरुमा पनि जान सकेनौं तर तपाई मार्फत जानकारी गराउन चाहान्छु हामी चाडैं सात वटै प्रदेशका राजधानीहरुमा जाने तयारी गरिरहेका छौं, पोखरा, धरान, इटहरी, विराटनगर, चितवन, वुटवल, भैरहवा,नेपालगञ्ज र धनगढीबाट सेवा दिने तयारीमा छौं ।

४.  औं वार्षिक उत्सवको अबसरमा थप केहि अफरहरु छन ?

हामी आगामी जेठ १३ गते ५ औं वाषिक उत्सव मनाउदै छौं, हामी हाम्रो वार्षिक उत्सवको दिन जम्मा पाँच रुपैयामा आप्नो हेयर कट र नेल आर्टको सेवा दिदैछौं । पाँच रुपैयामा सेवा दिनुको कारण हाम्रो खुसीमा हाम्रा सेवाग्राहीहरु संगै खुसी साटौं भन्ने हो । हामी १३ गते शुक्रवारको दिन जम्मा रु ५ मा सेवा दिने छौं । धेरै मानिसहरु त्यो दिन सेवा लिन आउनु हुनेछ भन्ने हाम्रो विश्वास छ ।

Nabintech