• १३ बैशाख २०८१, बिहीबार
दरवारमार्गमा पाँच रुपैयामै हेयर कट र नेल सर्भिस 


काठमाडौ । काठमाण्डौंको दरवारमार्गमा रहेको दिभान युनिसेक्स सलुनले आगामी जेठ १३ गते शुक्रवार जम्मा ५ रुपैयामा हेयर कट र नेल सर्भिस दिने भएको छ ।
आफनो पाँचौ बार्षिक उत्सवका अवसरमा शुक्रवार हेयर कट र नेल सर्भिस जम्मा रु ५ मा दिन लागिएको दिभान युनिसेक्स सलुनका सञ्चालक रमेश पराजुले जानकारी दिनु भएको छ ।

बार्षिक उत्सको अवसर पारेर विगतमा दिभानले पहिलो वार्षिक उत्समा १ रुपैयामा , दोस्रोमा २ रुपैयामा सेवा दिएको र कोरोना महामारीका कारण तेस्रो र चौथो वार्षिक उत्सव मनाउन पाएको थिएन । यसैबीच शुक्रबार पाँचौ वार्षिक उत्सव मनाउदै दिभानले ५ रुपैयामा सेवा दिन लागको सञ्चालक पराजुलीले जानकारी दिनुभएको छ ।

वार्षिक उत्सवको दिन विहान ९ बजेदेखी बेलुकी ८ बजेसम्म नै सेवा दिइने छ । सो दिन सेवा लिन आउने सवैलाइ ५ रुपैयामानै सेवा दिने पनि दि भानले जानकारी दिएको छ । यस्तै वार्षिक उत्सवका अवरमा अरु दिन पनि सम्पुर्ण सेवामा एक सातासम्म २७ प्रतिशत छुट सुविधा रहेको सञ्चालक पराजुलीले जानकारी दिनुभयो । दी भान युनि सेक्स सलुनले विगत पाँच वर्षदेखी काठमाडौंको दरवारमार्गमा उच्च गुणस्तरको हेयर, नेल र ब्यटी सर्भिस दिइरहेको छ ।

Nabintech