• १५ चैत्र २०८०, बिहीबार
बैजनाथमा कांग्रेसका प्रकाश १४०१ र निर्मला ११४२ मतान्तरले लिड गर्दै


नेपालगञ्ज । बाँकेको बैजनाथ गाउँपालिकामा कांग्रेस उम्मेदवारहरुको अग्रता कायमै छ ।

अध्यक्षका उम्मेदवार प्रकाशबहादुर शाही र उपाध्यक्षकी उम्मेदवार निर्मला रोकायले अग्रता कायमै राखेका छन् । वडा नम्बर १, २, ३, ७ र ८ को मत गणना हुँदा शाहीले ७६९६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका घननाथ खनालले ६२९५ मत प्राप्त गरेका छन् । शाही खनाल भन्दा १४०१ मतले अघि छन् ।

उपाध्यक्ष पदमा पनि कांग्रेसकी रोकायले ७६६२ मत प्राप्त गर्दा एमालेकी प्रेमपूर्ण योगीले ६५२० मत पाएकी छिन् । रोकाय र योगीको मतान्तर ११४२ छ ।

Nabintech