• १४ बैशाख २०८१, शुक्रबार
खजुरामा गठबन्धनका तुफानले एमालेका मल्ललाई झण्डै १६५३ मतान्तरले पछि पार्दै विजयी


नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा गठबन्धनका उम्मेदवार निर्वाचित भएको औपचारि रुपमा घोषणा गरिएको छ ।

गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का डम्बर बिक अध्यक्षमा निर्वाचित भएका हुन् । उनी १ हजार ६ सय ५३ मतको अन्तरले निर्वाचित भए ।

बिकले १० हजार ७ सय ९० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका सुमन मल्लले ९ हजार १ सय ३७ मत प्राप्त गरेका छन् । यसैगरी गठबन्धनकै तर्फबाट नेपाली कांग्रेसकी मञ्जु मल्ल उपाध्यक्ष पदमा निर्वाचित भईन् ।

उनी १ हजार ९ सय ४३ मतको अन्तरले निर्वाचित भएकी हुन् । मञ्जुले १० हजार ३४ मत प्राप्त गरिन । उनकी निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेकी ताजरुन निशाले ८ हजार ९१ मत प्राप्त गरेको खजुरा गाउँपालिकाका निर्वाचन अधिकृत लोकबहादुर सुनारले जानकारी दिए ।

उक्त गाउँपालिकामा यसअघि २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेले जितेको थियो । खजुरा बाँकेको क्षेत्र नम्बर ३ अन्तर्गत पर्दछ । उक्त क्षेत्र नेकपा एमालेको किल्लाको रुपमा चिनिन्छ ।

स्थानीय तह निर्वाचनमा यसपटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन बनेको थियो ।

Nabintech