• १३ बैशाख २०८१, बिहीबार
जानकीमा कांग्रेसका छब्बन १२२२ मतले लिड गर्दै ,रामप्यारी १८८२ मतान्तरले अघि


नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका छब्बन खाँले मतान्तर बढाउँदै लगेका छन् । उनी १२२२ मतान्तरका साथ अग्रस्थानमा छन् ।

हालसम्म १०५८१ मत गणना हुँदा खाँले ३४५५ मतका साथ अग्रता कायमै राखेका हुन् । एमालेका हिमान्शु यादव दोस्रोमा छन् । उनले २२३३ मत पाएका छन् । जसपाका राजिब बर्मा तेस्रो स्थानमा रहँदै २११७ मत पाएका छन् ।

यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै रामप्यारी यादवले ३६०० मत ल्याएकी छिन् । उनी १८८२ मतले अघि छिन् । नेकपा माओवादी केन्द्रका रक्षाराम बर्माले १७१८ मत र एमालेकी भूमिसरा धितालले १४०६ मत पाएकी छिन् । जानकीमा १, २ र३ नम्बर वडाको गणना सम्पन्न भएको छ । अहिले वडा नम्बर ४ को गणना जारी छ ।

Nabintech