• १४ बैशाख २०८१, शुक्रबार
बैजनाथमा कांग्रेसका शाही ५३६ मतले अगाडी,रोकाय २९९ मतले लिड गर्दै


कोहलपुर । बैजनाथ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका प्रकाश बहादुर शाही र निर्मला रोकायले अग्रता कायमै राखेका छन् ।

हालसम्म वडा १ को ३८३९, वडा २ को २००२ र वडा नं ८ मा ४३९० गरी जम्मा १०२३१ मतगणना गर्दा नेपाली कांग्रेस अध्यक्ष प्रकाश बहादुर शाही ४०९८ मत पाएका छन् । यस्तै उनका निकतम प्रतिद्धन्दी एमाले अध्यक्ष घननाथ खनाल ३५५२ मत पाएका छन् ।

यस्तै उपाध्यक्ष्मा पनि निर्मला रोकाय ४०३४ मत पाएर अग्रता कायम गरेकी छन् भने एमालेकी उपाध्यक्ष प्रेम पूर्ण योगी ३७३५ मतल प्राप्त गर्दै पद्धछ्याइरहेक िछन् । अहिले वडा नं ८ र वडा नं २ को मतगणणना जारी छ ।

Nabintech