• १३ बैशाख २०८१, बिहीबार
बाँकेको खजुरामा गठबन्धनबाट माओवादीका तुफान र कांग्रेसकी मञ्जु निर्वाचित


नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा गठबन्धन विजयी भएको छ ।

गठबन्धनका तर्फबाट अध्यक्षमा नेकपा माओवादी केन्द्रका डम्बर बिक तुफान विजयी भएका छन् भने उपाध्यक्षमा कांग्रेसकी मन्जु मल्ल निर्वाचित भएकी छिन् ।

तुफानले एमालेका सुमन मल्ल र मन्जुले एमालेकी ताजरुन निशालाई पराजित गरेका हुन् । औपचारिक मत परिणाम घोषणा हुन भने बाँकी छ । यसअघि खजुरा जितेको एमालेले यसपटक भने अध्यक्ष र उपाध्यक्ष दुबै गुमाएको छ ।

Nabintech