• १३ बैशाख २०८१, बिहीबार
जानकी गाउँपालिकामा कांग्रेसका छब्बन र रामप्यारीको अग्रता


नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका छब्बन खाँले मतान्तर बढाउँदै लगेका छन् । उनी १०७८ मतान्तरका साथ अग्रस्थानमा छन् ।

हालसम्म ९०४२ मत गणना हुँदा खाँले २९५८ मतका साथ अग्रता कायमै राखेका हुन् । एमालेका हिमान्शु यादव दोस्रोमा छन् । उनले १८७८ मत पाएका छन् । जसपाका राजिब बर्मा तेस्रो स्थानमा रहँदै १८२० मत पाएका छन् ।

यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै रामप्यारी यादवले ३१०७ मत ल्याएकी छिन् । उनी १५७१ मतले अघि छिन् । नेकपा माओवादी केन्द्रका रक्षाराम बर्माले १५३६ मत र एमालेकी भूमिसरा धितालले ११६१ मत पाएकी छिन् । जानकीमा १ र २ नम्बर वडाको गणना सम्पन्न भएको छ । अहिले वडा नम्बर ३ को गणना जारी छ ।

Nabintech