• १३ बैशाख २०८१, बिहीबार
कोहलपुर नगरमामा कांग्रेसका आचार्य र सुवेदीकाेअग्रता कायमै (हेर्नुहोस मतपरिणाम)


कोहलपुर । कोहलपुर नगरपालिकामा नेपाली कांग्रेसका मेयरका उम्मेदवार पूर्णप्रसाद आचार्य र उपमेयरकी संगिता सुवेदीले अग्रता लिइरहेका छन् ।
यो समाचार तयार पार्दासम्म  हालसम्म मतगणना हुदा १३३२९  आचार्यले ३९४४ मत ल्याएर अग्रता लिएका छन् । यसैगरी उप प्रमुखमा सुवेदीले ४१८८ मत प्राप्त गरी अग्रता लिइरहेकी छन् । यस्तै नेकपा एमालेका खिलप्रसाद भुसालले ३८३५ मत प्राप्त गरेका छन् । नेकपा एमालेकी अस्मिता चौधरीले ४१६५ ल्याएर दोस्रो स्थानमा छिन् ।

यसैगरी नेकपा (माओवादी केन्द्र) का नरेन्द्र न्यौपाने ३५०६ प्राप्त गरेर तेस्रो स्थानमा छन् । नेकपा (एकिकृत समाजवादी) की नारायणी ओलीले १६६८ मत प्राप्त गरेकी छन् ।

कोहलपुरमा हालसम्म वडा नम्बर १ मा माओवादी केन्द्र, वडा नं २ मा नेपाली कांग्रेस, वडा नं ३ मा नेकपा एमाले र वडा नं १४ र १५ मा नेपाली कांग्रस विजयी भएका छन् ।

हेर्नुहोस हालसम्मको मतपरिणाम कुन वडामा कति मत ल्याए  :

Nabintech