• १६ चैत्र २०८०, शुक्रबार
बाँकेको बैजनाथ गाउँपालिकामा कांग्रेसको अग्रता कायमैै,एमाले पछिपछि पछ्याउदै


कोहलपुर । बाँकेको बैजनाथ गाउँपालिकामा कांग्रेसको अग्रता कायमै रहेको छ । कांग्रेसका अध्यक्षका उम्मेदवार प्रकाश बहादुर शाही र उपाध्यक्षकी उम्मेदवार निर्मला रोकायले अग्रता लिएका छन् ।

दुइदिनसम्म मतगणना रोकिएको मतगणना सुरु भएको छ । अहिले वडा नं २ को मतगणना जारी छ । हालसम्म वडा नं १ को मात्रै नजिता सार्वजनिक भएको छ । वडा नं १ मा एमालेका रुप बहादुर मल्ल निर्वाचित भएका थिए भने चार जना वडा सदस्य कांग्रेसबाट निर्वाचित भएका छन् ।

बैजनाथ वडा नं १ र ८ को हालसम्म ६५५४ मतगणना हुँदा कांग्रेका उम्मेदवार प्रकाश बहादुर शाहीले २५२४ मत पाएका छन् भने उपाध्यक्ष निर्मला रोकायले २४५४ मत पाएकी छन् । यस्तै एमालेका अध्यक्ष उम्मेदवार घननाथ खनालले २३१९ मत पाएका छन् भने र उपाध्यक्ष उम्मेदवार प्रेमपूर्ण योगीले २४०८ मत पाएकी छन् ।

यस्तै तेस्रोमा राप्रपाका अध्यक्षका उम्मेदवार तारकसिंह थारुले ६४३ मत प्राप्त गरेका छन् भने उपाध्यक्षका उम्मेदवार जयलक्ष्मी शाहले ५७२ मत प्राप्त गरेकी छन् ।
चौथोमा नेकपा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार दिपेन्द्र बहादुर शाह युगान्तले ५०२ मत प्राप्त गरेका छन् । भने एकिकृत समाजवादीका उपाध्यक्षका उम्मेदवार टंकर नाथ योगीले ४४८ मत प्राप्त गरेका छन् ।

 

Nabintech