नेपालगन्ज,रुपैडिया सीमा नाका आजदेखि ७२ घण्टाका लागि बन्द हुँदै


काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मंगलबारदेखि भारतसँग जोडिएका सीमानाका बन्द हुने भएका छन् ।

भारतसँग सीमा जोडिएका जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुले सूचना जारी गर्दै आजदेखि ७२ घण्टाका लागि नाका बन्द गर्ने जनाइसकेका छन् ।

बाँके, बर्दिया, मोरङ, सुनसरी, झापा, सप्तरीलगायत भारतसँग जोडिएको सीमानाका आज रातिदेखि बन्द हुने जनाइसकेका छन् ।

मौन अवधिभर ९७२ घण्टा०का लागि नाका बन्द हुनेछन् । यही शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउनका आज राति १२ बजेदेखि वैशाख ३० गते राति १२ बजेसम्मका लागि सीमानाका बन्द हुनेछन् ।

खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्नसक्ने भएकाले निर्वाचनअघि ७२ घण्टासम्म सीमानाका बन्द गर्ने निर्णय भएको थियो ।

दुईपक्षीय बैठकले निर्वाचनको ४८ घण्टा अघि दुई देशका सीमा क्षेत्रमा मदिराको बिक्री, वितरण र सेवनमा रोक लगाउने निर्णय भएको थियो ।

Nabintech