• ७ बैशाख २०८१, शुक्रबार
बागी उम्मेदवारका प्रस्तावक र समर्थकको विवरण केन्द्रमा पठाउन कांग्रेसको निर्देशन


काठमाडौं । नेपाली कांग्रेसले स्थानीय चुनावमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध स्वतन्त्र (बागी) उम्मेदवारी दिनेहरूको विवरण केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको छ।

विद्रोही उम्मेदवार र प्रस्तावक तथा समर्थकको विवरण तत्काल केन्द्रमा पठाउन कांग्रेसले जिल्ला कार्यसमितिलाई निर्देशन दिएको हो।

कांग्रेसले बागी, प्रस्तावक र समर्थक स्वतस् पार्टीबाट निस्कासन भएकोसमेत बताएको छ। उनीहरूको विवरण केन्द्रबाट हटाउन सूची माग गरिएको हो।

बागी उम्मेदवार, प्रस्तावक र समर्थकको पार्टी सदस्यता समाप्त भई पाँच वर्षका लागि स्वतः पार्टीबाट निष्कासित गर्ने निर्णय गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

Nabintech