• १३ बैशाख २०८१, बिहीबार
कांग्रेसका उम्मेदवार शाहीको योजना –’बैजनाथको चिसापानीलाई बाँके जिल्लाकै पर्यटकिय हब बनाउँछु’


बैजनाथ। नेपाली कांग्रेस बैजनाथ गाँउपालिकाका उम्मेदवार प्रकाश बहादुर शाहीले चिसापानीलाई बाँके जिल्लाकै नमूना पर्यटकिय क्षेत्र बनाउने बताउनुभएको छ ।
बिहिबार बैजनाथ गाँउपालिका वडा नं १ चिसापानीमा घरदैलो अभियानमा क्रममा शाहीले अहिले वडाकै गाभर भ्यालीमा होमस्टे सञ्चालन गरी पर्यटन क्षेत्रलाई टेवा दिए पनि अव वडालाई नै पर्यटकिय हब बनाउने बताए । उम्मेदवार शाहीले बाँके जिल्लाको बैजनाथ गाँउपालिका जिल्लाकै नमूना पर्यटकिय क्षेत्र बनाई स्थानियलाई रोजगार सिर्जना गर्नका लागि महत्वपूर्ण भूमिका खेलेको बताए ।
शाही भन्छन्, बाँके राष्ट्रिय निकुञ्जका कारण बैजनाथकाो वडा नं १ र ४ नम्वर वडामा वन्यजन्तुले स्थानियलाई नोक्सान गरेको छ ।प्रभावित जनतालाई यस क्षेत्रमा निकुञ्जसंग समन्वय गरी पालिकाले बन्यवन्तुबाट प्रभावित नागरिककाला लागि विशेष राहत प्याकेज पनि ल्याउने छु ।
निकुञ्जमा रहेका वन्यजन्तुको संरक्षण गरी मध्यवर्ती क्षेत्रका नागरिकको धनजनको क्षतीलाई न्यूनिकरण गर्नमा पनि ध्यान दिने बताउनुभयो ।

Nabintech