• १४ बैशाख २०८१, शुक्रबार
अध्यक्षका उम्मेदवार छब्बन खाँकाे प्रतिबद्धता: ‘जानकीलाई भ्रष्टाचारमुक्त पालिका बनाउँछु !’


नेपालगन्ज । नेपाली कांग्रेसबाट जानकी गाँउपालिकाको अध्यक्षका उम्मेदवार छब्बन खाँले आफू निर्वाचित भए जानकी गाँउपालिकालाई भ्रष्टाचारमुक्त बनाउने बताएका छन् ।
आइतबार वडाका विभिन्न क्षेत्रको घरदैलो अभियानमा बोल्दै खाँले जानकी पालिकाकालाई भ्रष्टाचारको दूर्गन्धबाट मुक्त गराउने आफ्नो चाहना रहेको बताए हुन् ।

उम्मेदवार खाँले जानकी पालिका कृषिको हब भएकाले यस क्षेत्रका जनतालाई कृषिमा आत्मनिर्मन बनाउने योजना रहेको बताए । ‘मेरो पहिलो प्रतिवद्धता भनेको सुशासन हो । घर भित्र फोहोर छ भने बाहिर सफा भएर केही हुँदैन । त्यसकारण मेरो पहिलो प्राथमिकता सुशासन हुन्छ । त्यसका लागि मैले भ्रष्टाचारमुक्त पाकिा बनाउनुपर्नेछ’ उनले भने ।


यस्तै खाँ ले अहिले पनि सामाजिक सुरक्षा भत्ताका लागि जेष्ठ नागरिक तथा अशक्तहरु घण्टौं बैंकको अगाडि लाइन लाग्नुपर्ने बाध्यता रहेको भन्दै उनले त्यसलाई अन्त्य गरिने बताए ।

घरदैलामा पुग्दा स्थानीय नागरिकहरुबाट पाएको सकारात्मक प्रतिक्रियाबाट आफूहरु उत्साहित भएको अध्यक्षका उम्मेदवार खाँले बताए । ूमैले पाँच बर्ष मन, बचन र कर्मका साथ यहाँका जनताको सेवा गरेको छु, सुखदुःखमा संगसंगै छु, अझै पाँच बर्ष केही अधूरा काम गर्ने मनसायका साथ चुनावी मैदानमा होमिएको छु, मलाई शतप्रतिशत विश्सास छ, जनताबाट म यसपटक अनुमोदन हुन्छु, ।


खाँ सहित पालिका उपाध्यक्ष राम प्यारी यादव, वडा नं ५ का वडा अध्यक्ष टिकानाथ योगी लगायतको टोलीले जानकी पालिकाका विभिन्न गाउँ तथा टोलहरुमा घरदैलो गरेको छ ।

 

Nabintech