• ११ बैशाख २०८१, मंगलवार
भ्रष्टाचार मुक्त वडा बनाउने वडाअध्यक्षका उम्मेदवार शाहीको प्रतिवद्धता


कोहलपुर । वैशाख महिनामा गर्मी लागेसंगै चुनावी सरगर्मीपनि वडा तहदेखि पालिका सम्मै राजनैतिक सरगर्मीमय बनेको छ ।

जति जति चुनावको मिति नजिकिदै रहेको छ त्यति नै चुनावी सरगर्मी पनि बढेको छ । राजनितिक दलका नेता तथा कार्यकर्ताहरु आफ्ना विभिन्न अजेण्डा लिएर मतदाताको घरदैलोमा आफ्नो मत माग्न चुनावी घरदैलो र प्रचार प्रसारमा व्यस्त हुन थालेका छन् ।

बाँकेको  बैजनाथ गाउँपालिका वडा नम्बर ४ बाट नेपाली कांग्रेसका वडाअध्यक्षका उम्मेदवार प्रेम बहादुर शाही पनि मत माग्न घरदैलोमा व्यस्त छन् । शाही  अहिले आफु सहित पालिकामा नै कांग्रेसको झण्डा फहराउनका लागि चुनावी कार्यक्रममा व्यवस्त छन् ।

देशैभर पाँच दलिय गठबन्धन भएपनि बैजनाथ गाउँपालिकामा कांग्रेस एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा होमिएको छ ।

शाहीले निर्वाचनमा वास्तविक सुकुम्वासी समस्याको समाधान गर्ने, वडालाई भ्रष्टाचार मुक्त वडा बनाउने, ७० वर्ष माथिका बृद्धबृद्धालाई निःशुल्क स्वास्थ्य सुविधा उपलब्ध गराउने लगायतका अजेण्डा अघि सारेको वडाअध्यक्षका उम्मेदवार शाहीले बताए ।

Nabintech