• १३ बैशाख २०८१, बिहीबार
बैजनाथको अध्यक्षमा मनोनयन गर्दै कांग्रेसका उम्मेदवार शाही भने ‘ बैजनाथका जनताले यसपटक मेरो मूल्याङ्कन गर्नेछन्’


बानियाभार । बैजनाथ गाँउपालिको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाश बहादुर शाहीले मनोनयन दर्ता गरेका छन् ।

यस्तै उपाध्यक्षमा निर्मला रोकायले उपाध्यक्षमा दर्ता गराएका छन् । पार्टीभित्र निकै लोकप्रिय मत ल्याएर महासमिति सदस्य जितेका शाही यस पटक बैजनाथ गाँउपालिकामा कांग्रेसको झण्डा फह्रराउदे उद्घोष समेत गरे ।

मनोनयन दर्ता गर्दै शाहीले भने, ‘स्थानिय जनताको दुख :सुखको साथी बनेर यस पालिकाममा सधै काम गरीरहेको छु, यसपाली बैजनाथ पालिकाका जनताले मेरो मूल्याङ्कन पक्कै पनि गर्नुहुने छ ।’

कांग्रेसबाट पालिका अध्यक्षका उम्मेदवार शाही को हुन् त ?

नेपाली कांग्रेस बाँके क्षेत्र नंम्बर ३ का महासमिति सदस्य हुन् प्रकाश शाही !

१४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा सर्वाधिक मत मत पाएर विजयी भएका थिए ।
अहिलेसम्म सार्वजनिक पदमा नबसेका शाही लामो समय पार्टीका लागि यौगदान गरेको यो क्षेत्रका पाका नेताका रूपमा चिनिन्छन् । बैजनाथ गाँउपालिका अध्यक्षमा अहिलेसम्म चर्चामा चलेका नामभन्दा आफू अध्यक्षमा जित्त सक्ने उम्मेदवार भएको बताउछन् शाही ।

बैजनाथको स्थानिय राजनीतिलाई तल्लो तहबाटै बुझ्ने शाही नै जनताको मन जित्न सक्ने सशक्त उम्मेदवार भएको स्थानियको भनाइ छ।

अहिलेसम्म सार्वजनिक पदमा नससेका शाही स्वस्च्छ छवि भएको नेताका रुपमा चिनिन्छन् । पार्टीका कार्यकर्ताको माझमा रुचाएको नेता हुनुका साथै स्थानिय जनताको सुख दुखमा साथ दिने नेताका रुपमा पनि शाहीको नाम सधै स्थानिय नागरिकले लिने गरेका छन् ।

कृषिको आधुनिकरणमा ध्यान दिनुका साथै पालिकामा रहेको सुकुम्बासी समस्या र अव्यवस्थित बसोबासलाई समाधान गर्ने शाहीको भनाइ छ। शाही साविक क्षेत्र नं ४ को पूर्व उपसभापति हुनुका साथै १४ औं महाधिवेशनका महासमिति सदस्य हुन् ।

Nabintech