• ११ बैशाख २०८१, मंगलवार
कांग्रेसबाट बैजनाथ गाँउपालिकाको वडाअध्यक्षमा को -को भए उम्मेदवार (हेर्नुहोस सूचीसहित)


कोहलपुर । बैजनाथ गाँउपालिकाका ८ वटै वडामा नेपाली कांग्रेसले वडाअध्यक्षको उम्मेदवार टुंगो लगाएको छ ।

नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का सभापति मो. नकि खाँले दिएको जानकारी अनुसार बैजनाथ गाँउपालिका वडा नम्बर १ को वडाअध्यक्षमा कपिलजंग शाह, वडा नं २ बाट हिम बहादुर खत्री, वडा नं ३ मा निखिल बैगार,वडा नंम्वर ४ ले प्रेम बहादुर शाहीले वडाअध्यक्षको टिकट पाएका छन् ।

यस्तै वडा नं ५ मा फरिक सिद्धिकी,वडा नं ६ मा भूपाल पुन, वडा नं ७ मा सिताराम थारु र वडा नं ८ मा भग्गन थारुले वडाअध्यक्षको टिकट पाएका छन् ।

२०७४ को निर्वाचनमा बैजनाथ गााउपालिकामावडा नं ७ मा सिताराम थारु र वडा नं ८ मा भग्गन थारुको टिम विजयी भएको थियो ।

नेपाली कांग्रेसका उम्मेदवारले सोमबार दिउँसो १ बजे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराउने कार्यक्रम छ । निर्वाचन अधिकृतको कार्यालयले दिउँसो १ बजे जिल्लाका ८ वटै निर्वाचन अधिकृतको कार्यालयमा कांग्रेसका उम्मेदवारलाई मनोनयन दर्ता गर्ने समय दिएको छ ।

Nabintech