यी हुन बाँकेमा कांग्रेसको तर्फबाट ८ वटै स्थानीय तहमा प्रमुख र उपप्रमुख लड्ने उम्मेदवार


यी हुन बाँकेमा कांग्रेसको तर्फबाट ८ वटै स्थानीय तहमा प्रमुख र उपप्रमुख लड्ने उम्मेदवार

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेका ८ वटै स्थानीय तहमा आफ्नो उम्मेदवारको नाम टुंगो लगाएको छ । कांग्रेसले नेपालगन्ज उपमहानगरपालिकामा प्रशान्त विष्टलाई मेयरको उम्मेदवार बनाएको छ ।

यसैगरी कोहलपुर नगरपालिकामा पूर्णप्रसाद आचार्यलाई मेयर र संगिता सुवेदीलाई उपमेयरको उम्मेदवार बनाइएको छ । यस्तै राप्ती सोनारी गाउँपालिका अध्यक्षमा तप्तबहादुर पौडेल र उपाध्यक्षमा संगिताकुमारी थारु, डुडुवा गाउँपालिका अध्यक्षमा नरेन्द्रकुमार चौधरी र उपाध्यक्षमा साहिदा बानो खाँ, नरैनापुर गाउँपालिका अध्यक्षमा रामचन्द्र मौर्य र उपाध्यक्षमा अतिकुन निशा उम्मेदवार भएका छन् ।

बैजनाथ गाउँपालिका अध्यक्षमा प्रकाशबहादुर शाही र उपाध्यक्षमा निर्मला रोकाया, जानकी गाउँपालिका अध्यक्षमा छब्बन खाँ र उपाध्यक्षमा रामप्यारी यादव तथा खजुरा गाउँपालिका उपाध्यक्षमा मञ्जु मल्ललाई कांगे्रसले उम्मेदवार बनाएको हो ।

टुंगो लागेका सबै उम्मेदवारले सोमबार दिउँसो १ बजे एकैसाथ बाँकेका ८ वटै निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराउने तयारी गरेका छन् । कांग्रेसले नेपालगन्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकामा गठबन्धन गरेको छ ।

नेपालगन्जमा गठबन्धनबाट उपमेयरमा जनता समाजवादी पार्टीका तर्फबाट कमरुद्धिन राई उम्मेदवार भएका छन् । यस्तै खजुरा गाउँपालिकामा गठबन्धनका तर्फबाट माओबादी केन्द्रका डम्बर बिक अध्यक्षको उम्मेदवार बनेका छन् ।

Nabintech