बाँके एमालेले ८ ओटै स्थानिय तहका उम्मेदवार टुङ्ग्यायो


कोहलपुर । नेकपा एमालेले बाँके जिल्लाको आठ वटै स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ ।

जिल्ला कमिटीले सिफारिस गरेका उम्मेदवारहरुको नामावाली मध्येबाट प्रदेश कमिटीले सबै स्थानीय तहका प्रमुख र उपप्रमुखलगायतको उम्मेदवार टुंगो लगाएको हो ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा पशुपतिदयाल मिश्रा मेयर र उपमेयरान शान्ति ढकाल लाई टिकट दिइएको छ । कोहलपुर नगरपालिका मेयरमा खिल प्रसाद भूसाल र उपमेयर अस्मिता थारुले टिकट पाएका छन् । यस्तै बैजनाथ गाउँपालिकामा अध्यक्ष घननाथ खनाल र उपाध्यक्ष प्रेमपूर्ण योगी,राप्तीसोनारी गाउँपालिकामा रामदास थारु अध्यक्ष र उपाध्यक्षमा चमेली वाकवलाई टिकट दिइएको छ ।

यस्तै नरैनापुर गाउँपालिका पदमावति यादव अध्यक्ष र उपाध्यक्षमा रामकमार दिक्षित ,डुडुवा गाउँपालिकामा सरोजकुमारि यादव अध्यक्ष,उपाध्यक्षमा सकिल खा ,जानकी गाउँपालिकामा हेमन्सु यादव अध्यक्ष ,उपाध्यक्षमा भुमिसरा धिताल खजुरा गाउँपालिकामा सुमन मल्ल अध्यक्ष, उपाध्यक्षमा नाजिरा बेगमले टिकट पाएका छन् ।
बाँके जिल्लाका वटै वडाका वडा अध्यक्ष सहित सदस्यहरुको नाम टुङ्गो लागि सकेको नेकपा एमाले बाँकेका अध्यक्ष  किस्मत कुमार कक्षपतिले जानकारी दिए ।

Nabintech