• ७ बैशाख २०८१, शुक्रबार
बहालवाला जनप्रतिनिधिले राजीनामा दिएपछि मात्रै चुनाव लड्न पाउने !


काठमाडौं । सर्वोच्च अदालतले मनोनयन गर्नुअघि बहालवाला जनप्रतिनिधिले राजीनामा दिएपछि मात्रै चुनाव लड्न पाउने फैसला गरेको छ ।

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा जनप्रतिनिधिले राजिनामा गरेपछि मात्रै मनोनयन गर्न पाउने व्यवस्था गरेको थियो ।
उक्त निर्वाचन आंचारसंहिता विरुद्ध सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दायर गरेको रिट दायर गरेका थिए । अव उनको रिट पनि खारेज भएको छ ।

निर्वाचन आयोगले आचारसंहितामार्फत गरेको राजीनामा दिनुपर्ने प्रवाधान तत्काल कार्यान्वयन नगर्नु भनी सर्वोच्च अदालतले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेश मंगलबार खारेज भएको छ ।

Nabintech